कञ्चनपुर : तिलक सिह पेलाले व्यवस्थापनमा रहेको ‘फुलजस्तै कोमल माया तिम्रो मुटुमा पलायो…’ गीत बजारमा आएको छ जसमा चर्चित मोडेल भुपि उपाध्यायकोे र मनिषा बोहराले मुख्य भुमिका रहेको उक्त गितमा स्वर/शब्द/संगित सोनिया राईले दिएकी छन् । चर्चित मोडेल भुपि उपाध्यायले यस भन्दा अघि पनि थुप्रै भिडियो खेलेका छन् ।

जसले गर्दा छोटो समयमै उनले दर्शक दिर्घमा आफ्नो छाप छोडन सफल भएका छन् । मोडेल भुपि उपाध्याय र मोडेल मनिषा बोहरा अहिल्यै खुबै चर्चा कमाएको कलाकारहरुमा पर्दछन् । उनीहरुले आफ्नो कला बाट दर्शक दिर्घाको मन जित्न सफल भएका छन् यस भन्दा अघि आएको अर्जुन बसन्तको स्वरमा रहेको ‘यो साँझ…..’ मा अभिनय गरेका दुवैले समाजिक संन्जालमा पनि निकै चर्चा पाएका थिए । अहिलेको यस्तो कोरोनाको विषम परिस्थीतिमा पनि यस प्रकारको आधुनिक/लोकप्रिय गीतहरु बनेर आफुले खेल्न पाउदा निकै खुशी लागेका कलाकार मोडेल भुपि उपाध्यायले बताए ।

‘कोरोनाको कारण टाढा र मनमोहक स्थलमा सुटिङ्ग गर्न नसकेकोमा भने अलि खल्लो लागेको उपाध्यायले बताए । राष्ट्रिय चर्चित कलाकारहरु सँग काम गर्न पाउदा आफुलाई थप उर्जा आउनुको साथै आगामी दिनमा पनि यस प्रकारको साथ सहयोग चाहेका उपाध्यायले बताए । यो गीतले पनि विश्वभरी फैलिएका नेपालीको मन जित्न सफल हुने विश्वास लिएको मोडेल उपाध्यायले बताए ।

