दोधारा । दोधारा चाँदनी नगरपालिकामा अग्रपंक्तीमा रहेर काम गर्नेहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज खोप संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगाएत अग्रपंक्तीमा रहेका २ सय १२ जनालाई कोरोना बिरुद्धको बुस्टर डोज दिईएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रले आज १९ जनामा गरिएको एन्टिजिन परिक्षणमा गर्भवती महिला, स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको प्रयोगशालाले जनाएको छ् । संक्रमण बढ्दै जादा सरकारले कोरोना बिरुद्धको खोप दिने कार्यलाई समेत निरन्तरता दिदै आएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराका अनुसार अझै समम कोरोना बिरुद्धको खोप लगाएको जम्मा संख्या २५ हजार पुगेको बताएका छन् । जसमध्य ३१ हजारले कोरोना बिरुद्धको बिभिन्न खोप लगाएको र झण्डै ५ हजारले खोप लगाउन बाँकी रहेको उनले बताए । संक्रमणको तिब्रता संगै आज सम्म २ सय १२ जनाले कोरोना बिरुद्धको बुस्टर डोज दिईसकेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको मुख्य बजार क्षेत्र, राजनितिक दलका कार्यक्रम, सरकारी कार्यालयमा देखिएको सेवाग्राहीको भिड व्यवस्थापन गर्न नसकिए संक्रमण अझै बढ्ने स्थानियहरुले आशंका गरेका छन् । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक सेवा प्रवाह हुने स्थानमा हुने भिडभाड नियन्त्रण गर्ने दायित्व सम्बन्धित कार्यालयकै भएको बताउदै आएको छन् । २५ जना भन्दा बढी भिडभाड नगरी सेवा प्रवाह गर्ने भन्ने विषयमा मन्त्रालयले काम सुरु गरिसकेको छ र त्यही अनुसार निर्देशन पनि दिईसकेको भएतापनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा त्यसको ठिक बिपरित स्वास्थ्य मापदण्डको उल्लंघन भईरहेको छ् ।