अछाम : अछामका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रजिअ विश्वराज मरासेनीसहित नागरिकता फाँट र अन्य शाखामा कार्यरत ५ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा १ हप्ताका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय अछामले सूचना जारी गर्दै माघ १० गतेसम्मका लागि कार्यालयबाट प्रदान हुने सेवा बन्द गरिएको जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।







