कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता: युथ क्लब अफ महाकाली र अरनिको सुखद सुरुवात

सेक्युर्ड नेपाल लाई १-२ गोलको अन्तरले हराउँदै दिपज्योतिको दोस्रो जित


कञ्चनपुर,
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को ३० गते भएका खेलमा युथ क्लब अफ महाकाली र अरनिको युवा क्लबले सुखद सुरुवात गरेको छ।No description available.
आज शुक्रबार भएका लिगका तीन खेलमा पहिलो खेल दिपज्योती युवा क्लब र सेक्युर्ड नेपाल बिच बिहान १० बजे भएको खेलमा सेक्युर्ड नेपाल लाई दिपज्योतिले २-१ गोलको अन्तरले हराउदै लिगमा दोस्रो जित निकालेको छ।No description available.No description available. दोस्रो खेल अरनिको युवा क्लब र राम युवा क्लब बिच भएको खेलमा राम युवा क्लब लाई अरनिको युवा क्लबले २-१ गोलको अन्तरले हराउदै पहिलो जित निकालेको हो। यसैगरी उक्त दिनको अन्तिम खेल युथ क्लब अफ महाकाली र द ग्यालेक्सी युथ बिचको खेलमा युथ अफ महाकालीले द ग्यालेक्सी लाई २-० गोलको अन्तरले हराउँदै लिगमा सुखद सुरुवातका साथै पहिलो जित निकालेको हो।No description available.
भोलि सनिवार तीन खेल हुने छन् । जसमा पहिलो खेल महेन्द्रनगर युनाइटेड र निङ्गलाशैनी युवा समाज बिच बिहान १० बजे, दोस्रो खेल कञ्चन समाज र त्रीपुरा समाज बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल रोयल गोर्खाज र आदर्श नेपाल बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।No description available.
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।No description available.No description available.No description available.No description available.May be an image of 9 people, people playing football, people standing and outdoorsNo description available.No description available.

ताजा समाचार

spot_img