कञ्चनपुर,
भीमदत्त नगरपालिकाका स्वास्थ्य प्रमुख तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ रोकथामका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।
बुधबार एक कार्यक्रमका एलडब्ल्युआरको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित (रिकवर) परियोजना अन्तर्गत स्वास्थ्य शाखा अन्तर्गतका २८ स्वास्थ्यकर्मी लाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । आग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी प्रत्येक्ष रुपमा संक्रमित संग नजिक हुने हुँदा खोपको बारेमा जानकारी र नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्यकर्मीको क्षमता विकास संगै त्यसको पहिचान ,व्यवस्थापन र उपचार बारे अभिमुखिकरणका मुख्य उद्देश्य रहेको परियोजनाका कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भयो।
स्वास्थ्य शाखा, कञ्चनपुरका सिद्धराज भट्टले कोभिड(१९ को नयाँ भेरेयन्टको ओ पहिचान ,व्यवस्थापन र उपचारमा स्वास्थ्यकर्मी को कस्तो भुमिका रहने भन्ने बारेमा सहजीकरणका साथै प्रस्तुतीकरण दिनु भएको भएको थियो। उनले आगामी दिनमा सानो सानो कुराले पनि स्वास्थ्यमा खराबी संगै नया भेरियन्टले आक्रमण गर्न सक्ने हुँदा नियमित रुपमा सेनिट्राजर ,माक्सको प्रयोग गर्नु पर्ने कुरामा उनले जोड दिनु भयो।
विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा अब आउने तेस्रो भेरियन्ट जटिलता बढ्न सक्ने हुँदा खोपको प्रभावकारिता राम्रै बनाउनु पर्ने डा.अर्जुन भट्टले बताउनु भयो। उनले भने यसका लागि नियमित सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर कोभिड-१९ को तेस्रो भेरियन्टबाट बच्न सकिने सहजकर्ता सिद्धराज भट्टले बताए । कार्यक्रमको निडस नेपालका अध्यक्ष अन्जु जोशी भट्ट अध्यक्षतामा शुरु भएको थियो ।