महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन १२ बुँदे आदेश जारी गरेको छ । कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई लक्षित गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले १२ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको बताए ।
उक्त आदेश बुधबार राति १२ बजेदेखि लागू हुने र आदेश लागू भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक ?पमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यान लगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडवि?द्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ ।
आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । सार्वजनिक सवारी साधनले सिट क्ष्मता भन्दा बढी यात्रु राख्न नपाउने, सबैले अनिवार्य मास्कको प्रयोग गरिनु पर्ने लगायतको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिनु पर्ने उल्लेख गरिएको छ ।








