शुक्लाफाँटा : लगनशिल एकल महिला समुहमा आवद्ध १३ जना एकल महिलालाई शुक्लाफाँटा नगर पालिका वडा नं. १ बाट सोमवार एक समारोह बिच एक एक ओटा बाख्रा बितरण गरिएको छ । लगनशिल एकल महिला समुहको पहलमा मानव अधिकारकोलागि महिला एकल महिला समुह कञ्चनपुरको समन्वयमा शुक्लाफाँटा नगरपालिका वडा नं. १ कार्यालयबाट एकल महिलाकालागि बिनियोजन गरिएको १ लाख २५ हजार रुपैयाबाट १३ जना एकल महिलालाई एक एक ओटा बाख्रा बितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अथिति शुक्लाफाँटा नगर पालिका वडा नंं १ का वडा अध्यक्ष हरीष बिष्ट ले एकल महिलाको आयआर्जनमा टेवा पुगोस भन्ने अभिप्रायले स्थानिय लगनशिल एकल महिला समुहको मागका आधारमा १३ जना एकल महिलालाई एकएक ओटा बाख्रा बितरण गरिएको बताए । उनले भने “यो बाख्रा पाल्नुहोस, सक्नुहुन्छ भने घरबाट पनि बाख्रा थप्नुहोस् । यो घरमै आयआर्जनको राम्रो श्रोत बन्न सक्छ । यसबाट एकल महिलाको जिवन स्तरमा सुधार ल्याउन सकिन्छ” । उनले वडा कार्यालयबाट आगामी दिनमा पनि सिमान्तकृत एकल महिलालाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रमका बिशिष्ठ अथिति डब्लुएचआर कञ्चनपुरका अध्यक्ष जानकी जोशीले वडा कार्यालयको बाख्रा सहयोगले एकल महिलाको आयआर्जनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले वडा कार्यालयबाट बजेट बिनियोजन गरेर एकल महिलाकालागि सहयोग गरेकोेले वडा अध्यक्षलाई धन्यवाद दिनु भयो । उनले भनिन, बाख्रा पाएका दिदी बहीनीले एक पटक एक पाठो समुहका अर्को सदस्यलाई हस्तान्तरण गरी अरु एकल महिलालाई पनि बाख्रा पालनकालागि सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।

लगनशिल एकल महिला समुहको माग तथा डब्लुएचआरको समन्वयमा शुक्लाफाँटा नगर पालिका वडा नं.१ को कार्यालयबाट एकल महिलाकालागि बनियोजित बजेट बाट १३ जना एकल महिलालाई बाख्रा बितरण गरिएको डब्लुएचआर कञ्चनपुरका कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए । लगनशिल एकल महिला समुहका अध्यक्ष लक्ष्मी जोशीको अध्यक्षता तथा शुक्लाफाँटा नगर पालिका वडा नं. १ का वडा अध्यक्ष हरीष बिष्ट को प्रमुख आथित्वमा सञ्चालन भएको कार्यक्रममा डब्लुएचआर कञ्चनपुर का कार्यक्रम संयोजक बिर बहादुर नेपालीले सहजीकरण गरेका थिए ।






