कञ्चनपुर,
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को तेस्रो दिनको खेलमा सेक्युर्ड नेपालले बिजय सुरुवात गरेको छ।
सनिवार भएको तेस्रो दिन भएको पहिलो खेल सेक्युर्ड नेपाल र राम युवा क्लब बिच भएको खेलमा सेक्युर्डले राम युवा क्लब लाई ३-१ गोलको अन्तरले हराउदै आफ्नो पहिलो जित निकालेको छ।
उक्त खेलको म्यान अफ दि म्याच सेक्युर्ड नेपालका जर्सी नम्बर १२ का विवेक नेपाल घोषित भएका छन् । उनले ११ सय नगद पुरस्कार हात पारेका छन् ।
उक्त दिनको दोस्रो खेल अरनिको युवा क्लब र यूथ क्लब अफ महाकाली बिच दिउँसो ३ बजे हुने भनिएको खेल प्रतिकुल मौसम र अविरल वर्षाका कारण स्थगित भएको लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।