कैलाली जिल्ला लिग: विजय स्पोर्ट्स च्याम्पियन

फाइनलमा बिजय स्पोर्ट्स क्लबले २-१ गोलले स्टार सिटि लाई हराउँदै उपाधी कब्जा


कञ्चनपुर,
अखिल नेपाल फुटबल संघ(एन्फा)को वार्षिक कार्यक्रम अनुसार कैलाली जिल्ला फुटबल संघको आयोजनामा संचालन भएको कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ को बिजय स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ।May be an image of 12 people and people standing
सनिवार सम्पन्न भएको जिल्ला लिगको फाइनलमा बिजय स्पोर्ट्स क्लबले २-१ गोलको अन्तरले स्टार सिटि युवा क्लब लाई हराउँदै लिगको उपाधी जितेको हो।May be an image of 14 people, people standing and grass
धनगढी गाउँमा रहेको धनगढी युवा क्लबको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पहिलो हाफमा बिजय स्पोर्ट्सले एक गोलको अग्रता बनाएको थियो। May be an image of 4 people and people standingदोस्रो हाफमा स्टार सिटिले गोल गर्दै एक-एक गोलको बराबरी रहेको बेला बिजय स्पोर्ट्सले खेलको इन्जुरी समयमा थप एक गोल गर्दै खेल २-१ गोलको अन्तरले जित निकालेको कैलाली जिल्ला फुटबल संघका महासचिव ओम प्याकुरेलले बताउनु भएको छ।May be an image of 19 people, people standing and outdoors
लिगको उत्कृष्ट गोलरक्षक किपर स्टार सिटि क्लबका आकाश बुढा,उत्कृष्ट खेलाडी, डिफेन्स ,उदयमान खेलाडी बिजय स्पोर्ट्स क्लबका हिरेन्द्र सिंह, चन्द्र बुढा मगर ,सुशील बिक घोषित भएका थिए। भने फेयर पिलेको उपाधी धनगढी युवा क्लबले पाएको छ।
May be an image of 15 people, people standing and outdoors
उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउदै च्याम्पियन बनेको धनगढी उपमहानगरपालिका महिला फुटबल टिमका व्यवस्थापक ,प्रशिक्षक , मेडिकल टिम ,सम्पुर्ण खेलाडी लाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाहीले सम्मान गर्नु भएको छ।May be an image of 8 people and people standingMay be an image of 15 people and people standing
लिगको समापन समारोहका अध्यक्षता कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाही ,प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ ,विशिष्ट अतिथि कैलाली खेलकुद विकास समितीका अध्यक्ष ललित खत्री,कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष अनिल मल्ल ,कोषाध्यक्ष डबल बहादुर थापा ,लिग संयोजक बिनोद बिष्ट ,संघका पदाधिकारी लगायत खेलकुद फुटबल प्रेमिको उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालन कैलाली जिल्ला फुटबल संघका महासचिव ओम प्याकुरेलले गर्नु भएको थियो।May be an image of 10 people, people standing and people sitting
जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ बैशाख ०४ गते देखि सुरु भएको कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता बैशाख ९ गते सम्म संचालन हुँदै गर्दा कोभिड-१९ कोरोना भाइरसको महामारीले नेपाल सरकारले लगाएको लकडाउनले स्थगित हुन पुगेको थियो । उक्त प्रतियोगिता लाई निरन्तरता दिदै पौष १० गते देखि संचालन भएको लिग फुटबल प्रतियोगिता सनिवार एक कार्यक्रमका साथ भब्य रुपमा समापन भएको लिग संयोजक बिनोद बिष्ट बताए ।May be an image of 23 people, people standing and outdoors
आगामी दिनमा नयाँ आधारमा जिल्ला लिग दुई श्रेणी /तहमा बिभाजन गरेर खेलाइने महासचिव प्याकुरेल बताउनु भएको छ। उनले भने आउँदा दिनमा जिल्ला लिग पनि “ए”डिभिजन ,”बि” डिभिजन गरि दुई श्रेणीमस हुनेछन् । जसमा कैलाली जिल्ला फुटबल संघमा आवद्ध १९ क्लब मध्य ८ क्लबले “ए” डिभिजन खेल्ने छन् । भने ७ क्लबले “बि” डिभिजन प्रतियोगिता खेल्ने र अन्य क्लबहरु रेलिकेसनमा परेका छन् ।May be an image of 14 people, people standing and outdoors

ताजा समाचार

spot_img