आस्था सहकारी दोधारा चाँदनीको १२ औं वार्षिक साधारण सभा सम्पन्न : किसानलाई आत्मनिर्भर बनाउन प्रोत्साहन


दोधारा । आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । भानु बहुमुखी माध्यमिक बिद्यालयको प्रांग्रणमा सम्पन एक कार्यक्रमको बिच आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको १२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएका आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीले जनाएको छ् । आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनीका अध्यक्ष बेल बहादुर रानाको अध्यक्षतामा संचालन भएको वार्षिय साधारण सभाका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए । बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका वडा नं. १ का वडाअध्यक्ष अर्जुन दत्त भट्ट, वडा नं. २ का वडाअध्यक्ष कमलापती भट्ट, वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी, वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली रहेका थिए ।

यस्तै अतिथीमा नेपाली काग्रेंस दोधारा चाँदनीका पुर्व सभापती डम्मर चन्द, आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष गोपाल सिंह घिमिरे लगाएत सहकारीका कर्मचारी, शेयर सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार र आस्था कृषी बहुउद्देयीय सहकारी संस्थाका अध्यक्ष बेल बहादुर राना मगरले सयुक्तरुपमा दिप प्रज्वलन गरी सभाको उद्घघाटन गरेका थिए । कार्यक्रममा असल बचतकर्ता, वडा अध्यक्ष, असल ऋणी, असल कर्मचारी, बिउ बिजनमा सहयोग गर्ने दाता लगाएत विभिन्न बिद्यामा सम्मान समेत गरिएको छ् । उनिहरुलाई सम्मान पत्र तथा कृषी औजार प्रदान गरिएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष गोपाल सिंह घिमिरेले जानकारी दिएका छन् । आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बिगतका तुलनामा निकै प्रगती गर्दै आएको र थप राम्रो बनाउनका लागी आफुले सक्ने प्रयास गर्दै आएको आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् । सहकारीले विभिन्न चुनौती पार गर्दै यो अवस्था सम्म आई पुग्न निकै मेहनत गरिएको र सो कार्यमा सहयोग गर्ने सबै प्रति आभारी रहेको उनको भनाई रहेको छ् । सहकारी पहिले तुलनामा उल्लेख्यनिय विकासको मार्गमा रहेको बताउदै सम्पुर्ण सदस्यहरुलाई ढुक्क भएर सहकारीमा शेयर हाली बचत गरेर आत्मानिर्भर बन्न संस्थाका अध्यक्ष बेल बहादुर रानाले जोड दिएका छन् ।

अध्यक्ष रानाले आयमुलक र उत्पादन मुलक बस्तुमा लगानी गरि आत्मानिर्भर बने मात्रै ‘समृद्ध नेपाल’ को नारा सफल हुने बताएका छन् । कार्यक्रममा बक्ताहरुले आस्था सहकारीले गर्दै आएको प्रगतीको प्रशंसा गरेका छन् । आस्था सहकारी संस्थाले किसान मैत्री व्यावसायिक पशुपालन सञ्चालन गर्दै किसानलाई आत्मानिर्भर बनाउन प्रोत्साहन गर्ने कार्य गर्दै आएको भन्दै शेयर सदस्यहरुले संस्थाको प्रशंसा गरेका थिए । सहकारी मार्फत जनताको आर्थिक समृद्ध हुनुको साथै क्षमता अभिवृद्धिमा टेवा पुग्ने हुदा आस्था कृषी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले जनताहरुको आर्थिक अवस्था सुधार्न बिभिन्न संघ संस्थाहरु संग समन्वय गरि नगर क्षेत्रमा छरिएर रहेको कृषी समुह मार्फत सहयोग गर्दै समेत आएकोमा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले बताएका छन् ।

कुल कारोवार रु. ६ करोड ५५ लाखबाट बृद्धि गरि ८ करोड ३२ लाख सम्म पुगेको छ् । संस्थाको शेयर पुँजी रु. ३५ लाख १७ हजारबाट बृद्धि गरि ४२ लाख ६५ हजार पुगेको बताईएको छ् । आर्थिक प्रतिबेदन संस्थाका लेखा समितिका संयोजक गगन बहादुर खड्काले प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन रमेश प्रसाद उपाध्यायले गरेका थिए भने, स्वागत मन्तब्य संस्थाका शिक्षा समितिका संयोजक दिपक चन्दले गरेका थिए ।

 


ताजा समाचार

spot_img