दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट लुकीछिपी ल्याएका अबैध समान माथी थप कडाई गरेको छ् । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा हुदै आएको तस्करीलाई पुर्णरुपमा रोक लगाउन प्रयासरत छ् । सशस्त्र प्रहरीको भन्सार छलेर ल्याएका र ओमिक्रोन संक्रमण रोकथाम तथा नियन्त्रणको निम्ती नगर क्षेत्रको नेपाल–भारत सिमा क्षेत्र थप कसिलो बनाउन थालेको छ् । सशस्त्र प्रहरीले हिजो बिहान मात्रै दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पुर्णागिरीघाट क्षेत्रको नेपाल–भारत सिमा क्षेत्रमा भारतबाट अबैधरुपमा ल्याउदै गरेको झण्डै २ सय कुन्टल बोईलर कुखुरा र ५ सय कुखुराका चल्ला बरामद गरेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण बहादुर बोहराको कमाण्डमा गएको गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पुर्णागिरीघाट क्षेत्रमा आज बिहान झण्डै २ सय कुन्टल बोईलर कुखुरा र ५ सय कुखुराका चल्ला बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ् । गस्ती टोलीलाई देखेपछि तस्करहरुको टोली कुखुरा छाडेर भागेको बताईएको छ् । बरामद अबैध कुखुरा र चल्लालाई स्थानियबासी, दोधारा चाँदनी नगरपालिका कार्यालयका पशु शाखाका प्रमुख कृष्ण सिंह साँउदको रोहवरमा बरामद कुखुरा तथा कुखुराका चल्लालाई नष्ट गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् । सिमावर्ती भारतिय बजार देखी विभिन्न व्यवसायी समान तस्करी गरेर नेपाल ल्याईरहेको अवस्था नगरपालिका स्थित रहेको सशस्त्र प्रहरीले बरामद गर्न थालेपछि तस्करको योजना तुहिदै आएको छ् ।







