दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्य चौकी (दोधारा चाँदनी) ले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ अन्तर्गत देउरालीघाट महिला समुहकी एक सदस्य धनसरा देवी सुनारको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १ लाख ३० हजार परिवारलाई प्रदान गरिएको छ् । एक कार्यक्रमका बिचच दोधारा चाादनी नगरपालिका वडा नं. ८ का वडा सदस्य थिर बहादुर खडका मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । त्यसै गरी दोधारा चाँदनी नगरपालिका वडा नं. ०९ अन्तर्गत शारदा महिला समुहकी ग्राहक सदस्य टिका रावतको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १ लाख ३० हजार प्रदान गरिएको छ् । एक कार्यक्रमका बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषीराम थापा मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा वडा सदस्य थिर बहादुर खडकाले समुहमा अनुशासन कायम गर्नु पर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट पारेका थिए । साथै बैंक वित्तिय संस्थाबाट आफूलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनुपर्छ, अन्य फजुल खर्च गर्नु हुदैन र उत्पादन मुलक परियोजनामा लगानी गरेर आफ्नो आय वृद्धि गरी जिवन स्तर माथी उकास्नु पर्छ भन्ने पक्षमा जोड दिएका थिए । वडा अध्यक्ष ऋषीराम थापाले बिमाको महत्व र यसबाट हुने फाईदा बारे जानकारी दिएका थिए । त्यसै गरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तिय क्षेत्रमा पुऱ्याएको योगदान बारे चर्चा गरेका थिए । शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउदै आएको र बचत तर्फ अधिकतम १०.५० प्रतिशत सम्म ब्याज दिने गरेको बताए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तिन दशक देखि निरन्तर अगाडि बढिरहेको छ । यस शाखाले कञ्चनपुर जिल्लको दोधारा चाँदनी नगरपालिकामा करीब दुई हजार पाँच सय सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ् । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्य क्षेत्र बनाई १ सय ८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ् ।







