अब जिल्लाबाटै ई राहदानी सेवा शुरु

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागको निर्णय अनुरुप आजदेखि (सोमबार) जिल्लाबाटै ई राहदानी सेवा शुरु गरेको छ । एक महिना देखि राहदानीको काम रोकिएको अवस्थामा आजबाट शुरु भएको छ । जसले गर्दा काठमाडौं जाने झन्झट बाट मुक्ति मिलेको छ तर राहदानीको लागि राष्ट्रिय परिचय पत्र हुन जरुरी छ ।

सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्र लागु गरिएको ई राहदानी हाललाई कञ्चनपुर जिल्लामा कञ्चनपुर जिल्ला भित्रका स्थाई बासिन्दाले मात्र यो सुविधा लिन पाउने छन् । कैलाली जिल्ला प्रशासन कार्यालयले हिजो बाट ई राहदानी सेवा शुरु गरेको छ भने कञ्चनपुरले सोमबार देखि ई राहदानी शुरु गरेको हो ।

दक्ष जनशक्ति तयार पारेर यो सेवा सुचारुमा ल्याएको प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले बताउनु भयो । प्रजिअ पाण्डेले अब राहदानी जिल्लाबाटै उपलब्ध हुने बताए । यस अघि प्रशासनको सिफारिसमा राहदानी विभागले केन्द्रबाट उपलब्ध गराउँदै आएको सेवा अब जिल्लाबाटै पाउँने भएका छन ।

ताजा समाचार