दोधारा चाँदनीको सबै वडामा भेरोसेलको दोस्रो मात्रा


दोधारा । कोरोना बिरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो डोज आज दोधारा चाँदनी नगरपालिकामा लगाईदै छ् । दोधारा चाँदनी नगरपालिकाको दशै वटा वडाहरु त्था स्वास्थ्य चौकी चाँदनी र प्राथमिक स्वास्थ्य केन्द्रमा एकै साथ भेरोसेलको दोस्रो डोज मात्रा दिन थालेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक वडाहरुमा स्वास्थ्यकर्मी खटाई कोरोना भाईरस बिरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिईन थालेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा अझै सम्म कोरोना बिरुद्धको बिभिन्न खोप गरि २७ हजार जनालाई खोप दिईसकेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराको भनाई छ् । दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका कोल्ड चेन ब्यवस्थापक मिना बिष्ट थापाका अनुसार ८ हजार ७ सय ९१ भेरोसेलको दोस्रो डोज मात्रा प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिसकेको बताएका छन् । भेरोसेलको दोस्रो डोज संगै बालबालिका तथा किशोर, किशोरीहरुको लागी १ हजार ९ सय २० डोज मोडेर्ना खोप समेत लगाउन सुरु गरिएको उनले बताए ।


ताजा समाचार

spot_img