दोधारा । पुस १५ अर्थात पुसे पन्ध्रको अवसर पारेर दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ स्थित रहेको लिटिल स्टार बोर्डिङ्ग स्कुलको प्रांगणमा नेकपा माओबादी केन्द्रले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जानकारी दिएका छन् । उक्त अवसरमा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता तथा जिल्ला कमिटि सल्हकार सदस्य धन बहादुर दमाई, नगर सदस्य भक्त बहादुर सुनार, नगर सचिव भिम कुमाल लगाएत दर्जर्नौ नेकपा माओबादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । संचालनमै रहेको राष्ट्रिय अधिबेशनको संघारमा दोधारा चाँदनी नगर क्षेत्रमा नेकपा माओबादी केन्द्रले पुसे पन्ध्रको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । पुसे पन्ध्रको अवसरमा नेपाल बहुभाषा भाषी, बहुजातीय र बहुसांस्कृतिक देश भएकाले राज्यले ती सबैको सम्मान गर्ने वातावरण बनाओस् र वैमनस्य तथा विभेद उत्पन्न हुने कुनै ठाँउ नदेओस् भन्ने पनि कामना समेत कार्यक्रममा गरिएको छ् । समग्र नेपाली जनसमुदायमा परस्पर एकता, सद्भाव र भाईचाराको सुसम्बन्धले निरन्तरता पाओस् र जातीय विद्वेष फैलाउने सबै खाले अतिवादी तत्वबाट देश र जनतालाई जोगाउदै नेपाल र नेपालीको चौतर्फी विकासको पुसे पन्ध्रले समुदायले महत्वपूर्ण योगदान गर्न सकोस् भन्ने कार्यक्रममा गरिएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगर क्षेत्रमा नेकपा माओबादीको अवस्था तथा संगठन बिस्तारमा सबैको महत्वपुर्ण भुमिका बारे नेकपा माओबादी केन्द्रका नगर सचिव भिम कुमालले प्रकाश पारेका थिए ।







