दोधारा । दोधारा चाँदनी नगरपालिकामा अपांगता भएकालाई ५ दिने नमकिन र चाउमिन बनाउने तालिम दिईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाको आयोजनामा ग र घ बर्गमा पर्ने अपांगता भएकालाई ५ दिने नमकिन र चाउमिन बनाउने तालिम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका सबै वडालाई समेटेर ग र घ बर्गमा पर्ने आपांगता भएका महिला तथा पुरुषलाई उक्त तामलिममा समाबेस गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाले जनाएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखा चाँदनीको सभा कक्षमा सम्पन्न भएको ग र घ बर्गमा पर्ने अपांगता भएकालाई ५ दिने नमकिन र चाउमिन तालिमको समापन सत्रका सभापति दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी रहेका थिए भने अतिथीमा दोधारा चाँदनी नगरपालिका कार्यपालिका सदस्य बिरमा बुढाथोकी, तालिमका प्रशिक्षकद्धय उद्धव सिंह कार्की र हिरा देबि कार्की रहेका थिए । कार्यक्रम संचालन दोधारा चाँदनी नगरपालिका महिला तथा बालबालिका शाखाका सहजकर्ता ईश्वरी सिंहले गरेका थिए ।


दोधारा चाँदनी नगर क्षेत्रका १९ जना ग र घ बर्गमा पर्ने अपांग भएकाहरुको सहभगिता रहेको थियो । अपांगता भएकाको आत्मबल बढाउदै स्वरोजगार बनाउने तर्फ उन्मुख गर्ने तालिमको उद्देश्यले रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताएका छन् । ‘समाजमा अपांगता भएकाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्दै आत्मनिर्भर बनाउन हामीले तालिम प्रदान गरेका हौ’ दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले भने । कार्यक्रमको समापनमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । दोधारा चाँदनी नगरपालिका महिला तथा बालबालिका शाखाका सहजकर्ता ईश्वरी सिंहले तालिममा सहभागी भएकाहरुलाई उनिहरु नाउमा रहेको बैंक खातामा बस्तुगत टेवाको लागी प्रति सहभागी रु. ३ हजार उपलब्ध गराउने कार्यक्रम समेत रहेको बताएका छन् ।







