महाकाली साहित्य सङ्गमको १३ औं केन्द्रीय महाधिवेशन सम्पन्न

कञ्चनपुर : महाकाली साहित्य सङ्गमको १३ औं केन्द्रीय महाधिवेशन पुष १५ गते भीमदत्त नगरपालिकाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष हरीश प्रसाद जोशीको अध्यक्षता तथा भीनपा नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चालक महासचिव भवानी चन्दले गरेका थिए । महाधिवेशनमा बीर बहादुर चन्द, बाल कुमारी हमाल, पञ्चमराज भट्ट, कृष्ण दत्त चटौत, गोबिन्द सिह विष्ट, लाल बहादुर खडका, डा. भोजराज पन्त (वैज्ञानिक), युवराज भट्ट(वातावरणविद) लगायतका महानुभावले शुभकामना व्यक्त गरेका थियो । वरिष्ट उपाध्यक्ष राजेन्द्र रावलले स्वागत गरेको समारोहमा महासचिव भवानी चन्दले सङ्गम प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी प्रसाद भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।

बन्द सत्रमा अध्यक्ष हरीश प्रसाद जोशीले कार्यकाल समाप्तीको घोषणा गर्दै केन्द्रीय समिति विघठनको प्रस्ताव गरेका थिए । अध्यक्ष मण्डलका अध्यक्ष पचम राज भट्ट सदस्य अर्जुन सिह नेगी र सरिता पन्थी चयन गरिए भने निर्वाचन समितिमा कृष्णदत्त चटौत ‘कान्त’, मनोरमा भट्ट र लाल बहादुर खडका सर्व सम्मत चयन गरिए ।
निर्वाचन समितिको कार्यक्रम अनसार सर्वसम्मत १३ औं महाधिवेशनले केन्द्रीय समिति चयन गरेको छ । अध्यक्ष हरीश प्रसाद जोशी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र सिह रावल, उपाध्यक्ष सरिता पन्थी, महासचिव भवानी चन्द, सचिव उत्तम विष्ट, वंशिधर जोशी, कोषाध्यक्ष लक्ष्मी प्रसाद भट्ट सदस्य डम्बर दत्त शर्मा बडु, गौरी प्रसाद जोशी, हजारी सिह पुजारा, अमीत प्रसाद भट्ट, गीता आउजी, अम्बादत्त जोशी, अर्जुन सिह नेगी र पुजारा चयन गरेको हो ।

ताजा समाचार

spot_img