कञ्चनपुर : महाकाली पा्रदेशिक अस्पतालका स्वास्थ्यकर्मी लाई कोभिड-१९ रोकथामका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।
बुधबार एक कार्यक्रमका साथ एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित (रिकवर) परियोजना अन्तर्गत स्वास्थ्यकर्मी लाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । आग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी प्रत्येक्ष रुपमा संक्रमित संग नजिक हुने हुँदा खोपको बारेमा जानकारी र नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्यकर्मीको क्षमता विकास संगै त्यसको पहिचान ,व्यवस्थापन र उपचार बारे अभिमुखिकरणका मुख्य उद्देश्य रहेको परियोजनाका कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भयो।

महाकाली प्रादेशिक अस्पताल डा.भावना भट्टले कोभिड-१९ को नयाँ भेरेयन्टको ओ पहिचान ,व्यवस्थापन र उपचारमा स्वास्थ्यकर्मी को कस्तो भुमिका रहने भन्ने बारेमा सहजीकरणका साथै प्रस्तुतीकरण दिनु भएको भएको थियो। उनले आगामी दिनमा सानो सानो कुराले पनि स्वास्थ्यमा खराबी संगै नया भेरियन्टले आक्रमण गर्न सक्ने हुँदा नियमित रुपमा सेनिट्राजर ,माक्सको प्रयोग गर्नु पर्ने कुरामा उनले जोड दिनु भयो।

विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा अब आउने तेस्रो भेरियन्ट जटिलता बढ्न सक्ने हुँदा खोपको प्रभावकारिता राम्रै बनाउनु पर्ने डा.अर्जुन भट्टले बताउनु भयो। उनले भने यसका लागि नियमित सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर कोभिड-१९ को तेस्रो भेरियन्टबाट बच्न सकिने डा.भट्टले बताए ।

कार्यक्रममा प्रादेशिक अस्पतालका डा.अर्जुन भट्ट , डा.दर्गेश चौधरी, राजीव जयसवाल,डा.सन्तोष खड्का र डा.भावना भट्ट लगायत महाकाली प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो।






