मानव अधिकारको अवस्था सम्बन्धि सञ्चारकर्मीसंग समन्वय बैठक


 महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा मानव अधिकारको अवस्था सम्बन्धि सञ्चारकर्मीसंग समन्वय बैठक सम्पन्न भएको छ।

सोमबारै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी ,कैलालीले कञ्चनपुरका सञ्चारकर्मीसंग मानव अधिकारको अवस्था बारेमा समन्वयात्मक बैठकको आयोजना गरेको हो। बैठकमा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले पत्रकारमाथि विभिन्न मानव अधिकार उलंघनका घटना नरोकिएको बताउँदै स्वच्छ, निष्पक्ष एव स्वतन्त्र रुपमा समाचार संकलन गर्न सुझाव दिए ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले मानव अधिकारको प्रत्याभूति एव प्रर्बद्धनका लागि संचारकर्मीले समेत सोही अनुरुप मुद्दा उठान गर्नुपर्नेमा सुझाव दिए । यसरी आगामी दिनमा समाचार लेखनका विषयमा र सम्प्रेषण गर्दा विशेष ध्यान दिनु पर्ने र मानव अधिकार हेल्प डेस्क बाट समस्या मा परेको लाई सहयोग गर्ने हेल्प डेस्कको कोषको सुरुवात गर्ने समेत बताएका छन् । साथै समन्वय र सहकार्यमा पनि जोड दिनु पर्ने र पत्रकार लाई आई पर्ने समस्य आगामी दिनमा के कस्तो र वर्तमान अवस्थाको बारेमा समेत छलफल भएको थियो। इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशी, कृष्ण विश्वकर्मा इन्सेक कञ्चनपुर प्रतिनिधि लिलि कुवर ,नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी लगायत अन्य कर्मचारी , पत्रकारको उपस्थिति रहेको थियो।


ताजा समाचार

spot_img