दोधारा : दिनदिनै जसो वन्यजन्तु र छाडा चौपायहरुले बालीनाली सखाप पार्न थालेपछि दोधारा चाँदनी नगरपालिकाका किसानहरु रातभरी जाग्रम बस्न बाध्य भएका छन् । किसानहरुले वर्षभरी मेहनत गरेर लगाएको गहुँ तथा तरकारी बाली रातीको समयममा बन्यजन्तु तथा छाडा चौपायाले नष्ट गर्न थालेपछि उनिहरु बन्यजन्तु तथा छाडा चौपाया धपाउन रातभरी जाग्रम बस्नु पर्ने भएको हो । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न टोल बस्तीमा हात्ती, निलगाई, दुम्सी लगाएत छाडा चौपायाहरुले किसानहरुले लगाएको बाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । हात्ती, निलगाई लगाएत बन्यजन्तुहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा भारतिय जंगलबाट आउने गरेका छन् ।

हात्ती, निलगाई लगाएत बन्यजन्तु संगै छाडा चौपायाहरुले दोधारा चाँदनी नगरपालिका अधिकांश बस्तीहरुमा किसानहरुले लगाएको बालनाली नष्ट गरि आतंक मच्चाएका सर्वसाधारणको भनाई छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडवाल टोल, वडा नं. ६ र ७ भारतिय जंगल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमा बस्तीहरुमा निलगाई र छाडा चौपायाहरु बाक्लै देखिएका छन् । निल गाई चाहि मानिसबाट छलिने र बस्ती नजिकको सामुदायिक बन, उखुघारी र अन्य झाँडीमा बस्ने गरेपनि छाडा चौपायाहरुले भने बस्ती भित्रै पसेर घर करेसाका केराका बोट समेत लडाउने गरेको स्थानियबासी बुद्धि देबि कठायत बताउछन् । ‘बन्य जन्तु र छाडा चौपायाबाट खेती जोगाउन रातभरी जाग्रम बस्नु पर्छ्’ बुद्धि देबि कठायत भन्छन् । निल गाई मानिसको देख्ना साथ भाग्ने गरे पनि हात्ती मानिस देख्ना साथ आक्रमण गर्न आउने गरेको बडवाल टोलका स्थानिय लक्ष्मी रानाले बताए । वन क्षेत्रमा खानेकुराको अभाव हुनु र मानव चहलपहल बढ्न थालेपछि बन्यजन्तु आहाराको खोजीमा बस्ती/बस्ती पस्ने गरेको स्थानियहरुको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छाडा चौपायाको कारण किसानहरुले हैरानी खेप्न थालेपछि छाडा चौपाया ब्यवस्थापनको निम्ती केही युवाहरु सक्रिय देखिन थालेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका सबै जसो भागमा छाडा चौपायाहरुको कारण किसानहरुले सास्ती भोग्दै आएपछि स्थानिय युवाहरु छाडा चौपाया ब्यवस्थापनको निम्ती कार्य गर्न थालेका छन् । नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष तथा युवा किशोर कुमार लिम्बुको नेतृत्वमा छाडा चौपाया ब्यवस्थापनको निम्ती नगर क्षेत्रमा रहेका सामुदायिक बनका पदाधिकारीहरु संग छलफल अघि बढाउदै आएका छन् । छाडा चौपाया ब्यवस्थापनको लागी हामीले नगरपालिकाका नगर उपप्रमुख, प्रशासकिय अधिकृत संग समेत कुरा गरेका छौं’ नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष तथा युवा किशोर कुमार लिम्बुले भने– ‘दोधारा चाँदनीमा रहेका सामुदायिक बनका केही पदाधिकारी संग समेत छलफल चलाएका छौं ।’ छाडा चौपायाहरुले किसानहरुको अन्नवाली नष्ट गर्न थालेपछि छाडा चौपायालाई नदीमा हात खुट्टा बाँधेर बगाईदिने, धारियो बस्तुले प्रहार गरि छाडा चौपायाको शरिरभरी घाउ चोट बनाईदिने भएको कारण ब्यवस्थापनमा आफुहरुले ढिलैभएपनि योजना बनाउन लागेको उनको भनाई रहेको छ् । ‘बन्य जन्तुले भन्दा बढी किसानहरुलाई छाडा चौपायाले आजित गरेको छ्’ किशोर कुमार लिम्बुले भने । छाडा चौपायालाई कम्तीमा किसानहरुले खेतवाली नसम्हाल्दा सम्म सामुदायिक बनहरुमा टहरा बनाई खाना र पानीको ब्यवस्था गर्न समेत सके राम्रै हुने नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष तथा युवा किशोर कुमार लिम्बुको भनाई रहेको छ् । नगरपालिका कार्यालयले यस वर्षमा छाडा चौपाया ब्यवस्थापनको लागी छुट्टाएको रकम रु. २० लाखलाई ब्यवस्थापनमा खर्च गर्न समेत अनुरोध गरिएको छ् ।

पछिल्लो समय छाडा चौपायाका कारण किसानहरुले लगाएको अन्नवाली र सार्वजनिक सडकहरुमा समेत चुनौती थपिएको छ् । सामुदायिक वनमा काञ्जिहाउस बनाएमा छाडा चौपायाको व्यवस्थापन गर्ने एउटै उपाय रहेको स्थानिय युवाहरुको ठहर छ् । दिनहरुमा दोधारा चाँदनी नगरपालिकाले छाडा चौपाया ब्यवस्थापनको थुप्रै अभ्यास गर्दै आएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयले छाडा चौपाया नियन्त्रणका लागि भन्दै बिभिन्न सामुदायिक बनरहरुमा कान्जि हाउस समेत निर्माण गरेको हो । तर चौपायाले त्यहाँ खाना नपाएर रुखका बोक्रा समेत खाएका उदाहरण संगै औषधि उपचार र स्याहार नपाएर दैनिक चौपायाको मृत्यु हुने गरेको थियो । छाडा चौपाया ब्यवस्थापनमा नगरपालिकाले यस वर्ष खासै कार्य नगरेको देखिएको बेला केही स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत आह्वान गरी अभियानमा जुटेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो समस्या समाधान हुनेमा स्थानीयवासी ढुक्क भए पनि निर्वाचित जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत छाडा चौपाया ब्यवस्थापनको समस्या झन बल्झिएको छ् । सरकारी उदासिनताका कारण खुला छाडिएका गाई, गोरु लगाएतको अवस्था दयनीय छ् भने किसानहरु बन्य जन्तु र छाडा चौपायाबाट खेती जोगाउन रातभरी खेतमै जाग्रम बस्नु पर्ने भएको छ् । ‘छाडा चौपायाको दीर्घकालीन समाधान नगरपालिकाले गर्नुपर्छ’ स्थानियहरु भन्छन् ।






