नेशनल माइक्रो फाइनान्सको साह्रनिय कार्य

८८ हजार ऋण मिनाह गर्दै विमाको स्वरुप ४२ हजार काजकिरिया रकम उपलव्ध

कंचनपुर : नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले ऋण मिनाह गर्दै थप कर्जा विमा अन्र्तगत ४२ हजार रुपैया काजकिरिया खर्च उपलव्ध गराएको छ । कंचनपुर जिल्लाको वेलौरी नगरपालिका वडा नं.४ मा रहेको शाखाले मृतकका परिवारलाई कर्जा मिनाह गरि विमा मार्फत प्राप्त हुने रकम र काज किरिया खर्च रकम प्रदान गरेको हो । कल्पना कुमारी वुढा गत असोज २२ गते काल गतिले निधन भएको थियो । मृतकका श्रीमान श्री जनकवहादुर खडका लाई ८८ हजार साँवा व्याज मिनाह गरि कर्जा विमा अन्र्तगत सदस्यको मृत्यु पश्चात दिइने काजकिरिया खर्च स्वरुप रु ४२ हजार रुपैया उपलव्ध गराएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्यलाई मुख्य प्राथमिकतामा राखी ग्राहक संरक्षण कोष मार्फत सदस्यहरुलाई सुत्केरी भत्ता, दैविप्रकोपमा परेको समुहका सदस्यहरु लाई सहयोग, ग्राहकहरुको परिवारमा गम्भीर प्रकारका रोगवाट पिडित हुदा आर्थिक सहयोग तथा सदस्यहरुलाइ विभिन्न आय मुलक तथा शिपमुलक तालिम एवम वित्तिय साक्षरता जस्ता कार्य गर्दै संस्था सुखमा मात्र होइन दुःखमा पनि आम सदस्यहरुलाइ साथ दिदै आइरहेको व्यहोरा त्यस शाखाका शाखा प्रवन्धक श्री भक्त नारायण चौधरीले वताए । राष्ट्रिय स्तरको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले देशभर आफना १०५शाखा संजाल मार्फत करिव १ लाख४० हजार भन्दा वढि घर परिवारलाइ वित्तिय सेवा प्रदान गर्दै आइरहेको छ ।

ताजा समाचार

spot_img