भारतिय नागरिक मृत फेला

धर्मा रोकाया/महेन्द्रनगर : भारतीय नागरीकको नहरमा डुबेको अवस्थामा शव भेटिएको छ । मृत्यू भएको छ । कञ्जनपुर जिल्ला को बेदकोट नगरपालिका–६ सिशैयामा ३५ बर्षदेखि शैलुन व्यवसाय गर्दै आएका भारतको पेलीभित विषलपुरका ४५ बर्षिय छोटेलाल श्रीवास्तवको बेदकोट नगरपालिका–१० सिशैया चोक नजिकको शाखा नहरमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चपनुरका अनुसार शवको पोष्टमाटम गरी आफन्तलाई बुझाई सकिएको छ । मृत्युको कारण पोष्टमाटम रिपोर्ट पछि थाहाहुने जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक चक्र बहादुर शाहले बताए । घट्नाको बिस्तृत अनुसन्धान भईरहेको पनि प्रबक्ता शाहले बताए ।

विगतदेखि रक्सी सेवन गरेर नहरको कल्भर्टमा बस्ने गरेको तर शनिबार साझ मृतक नहरमा खसेर मृत्यू भएको मृतक छोटेलालका छोरा आकाश श्रीवास्तवले बताए । स्थानीय व्यवसायीहरुले केही रकम उठाएर शवलाई भारत पु¥याउन प्रबन्ध मिलाएका छन ।

ताजा समाचार