अपांङ्गता भएकाहरुको कृषक समुहले उत्पादन गरेका कुखुरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यबर्ति क्षेत्र व्यवस्थापन समितिद्धारा खरिद

डिवी बोहरा/ महेन्द्रनगर : अपांङ्गता भएकाहरुको कृषक समुहले उत्पादन गरेका कुखुराहरुमध्ये दुई क्विईन्टल कुखुरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यबर्ति क्षेत्र व्यवस्थापन समितिले खरिद गरेको छ । ठूलो रकम र श्रम लगाएर उत्पादन गरेका कुखुराहरुको बजार नपाएर भौतारिएका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यबर्ति क्षेत्र व्यवस्थापन समितिले खरिद गरेको अपांङ्गता भएकाहरुको कृषक समुहका सल्लाहकार दिर्घ कुमार स्वारले बताए । शनिबार मध्यबर्ति व्यवस्थापन समितिका अध्यक्ष लवदेव विष्ट स्वयम आएर दुई क्विईन्टल कुखुराका लागि एडभान्स रकम दिनुका साथै १८ कुखुरा(२५केजि) लगेका छन । बाकि कुखुरा आईतबार लग्ने अध्यक्ष विष्टले बताए ।

अध्यक्ष विष्टले जिल्लामा अरु पोल्टीफर्महरु भएता पनि अपांङ्ग भएर पनि उद्यममा लागेका साथीहरुको प्रोत्साहनका लागि आफुहरुले अपांगता भएकाहरुको कृषक समुहबाट कुखुरा खरिद गरेको बताए । प्रादेशिक भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. पानसिंह ठगुन्नाले औपचारीक रुपमा कुखुरा तौलेर खरिद कर्ता अध्यक्ष विष्टलाई हस्तान्तरण गरेका थिए । व्यवसाय सुरुवात गरेदेखि नै विभिन्न किसीमले सहयोग गर्दै आएका शुक्लाफाँटा एग्रो एलिभिएटीभ नेपालका व्यवस्थापक कृष्ण बहादुर बिष्टले बजार व्यवस्थापनमा पनि सहयोग गरेको अपांङ्गता भएकाहरुको कृषक समुहका सल्लाहकार स्वारले बताए । पर्यटन व्यवसायको प्रबद्धन र विकासमा टेवा पु¥याउने उद्देश्ले शुक्लाफाँटा आसपासका १० जना किसानहरुलाई निशुल्क वितरणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यबर्ति क्षेत्र व्यवस्थापन समितिले कुखुरा खरिद गरेको अध्यक्ष विष्टले बताए । आफुहरुलाई कुखुरा आवश्यक परे फेरी पनि त्यहीबाट खरिद गर्ने अध्यक्ष विष्टले बताए । मध्यबर्ति क्षेत्रका किसानहरुलाई बैकल्पिक व्यवसायमा जोड्ने उद्देश्यका साथ उक्त कार्यक्रम संञ्चालनमा छ ।

कुखुरा विक्रिवितरण कार्यक्रममा कृषक समुहका सबै पदाधिकारीहरुको उपस्थिती रहेको थियो । अपाङ्गता भएका व्यक्तिले अरुको मुख मात्रै ताक्दैनन्, आफै पनि कमाएर आफ्नो गुजारा चलाउन सक्छन भन्ने उदाहरण दिनको लागि अपाङ्गता भएकाहरुको कृषक समुह दुई बर्ष अघि गठन गरिएको थियो । अपाङ्ग कृषक समूहको ४ लाख ३२ हजार र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको ग्रामिण कुखुरा विकास कार्यक्रम अन्तरगत रु १० लाखको लगानीमा फर्म सञ्चालन गरिएको थियो । समूहले भीमदत्त नगरपालिको ३ लाख अनुदान सहयोगमा वायोफ्लक प्रविधिबाट माछा पालन व्यवसाय पनि सञ्चालनको तयारीमा गरिरहेको सल्लाहकार स्वारले बताए । सल्लाकार स्वारका अनुसार ट्यांकीमा फागुन महिनामा माछाका भुरा राखिनेछ । यो प्रविधि नेपालमा नौलो भएपनि यस प्रविधिबाट सानो क्षेत्रफलमा पनि धेरै माछा उत्पादन गर्न सकिने अधिकृत स्वारले बताए ।

ताजा समाचार

spot_img