एमाले युवा नेता विष्ट समाजवादीमा प्रवेस


क्ञ्चनपुर, नेकपा एमालेका युवा नेता महेश विष्ट नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन ।

एमाले निकट युवा संगठन कञ्चनपुरका युवा नेता विष्ट समाजवादीमा प्रवेस गरेका हुन । शनिबार एमाले बेदकोट नगरको सम्मेलनबाट एमाले युवा नेता विष्टले समाजवादी प्रवेस गरेका छन । नेकपा एकिकृत समाजवादीका सुप प्रदेशका इन्चार्ज गरिमा शाह लगायतका समाजवादीका नेताहरुले विष्टलाई पार्टी प्रवेस गराएका छन ।

विष्ट हालै भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित महाकाली जनसेवा मावि विद्यालय व्यवस्थापन समितिमा चयन भएका थिए । विष्ट सहितले एमाले परित्याग गरेर समाजवादी प्रवेस गरेको समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले बताए ।


ताजा समाचार

spot_img