स्थानिय युवाहरुद्वारा निर्मित ‘द वार अफ ग्याङ्गस्टार’ माघ २८ गते रिलिज हुने

कञ्चनपुर : कञ्चनपुरका युवा कमल सुनारद्धारा निर्देशित र लोकेन्द्र सावद निर्माता रहेको द वार अफ ग्याङ्गस्टार माघ २८ गते रिलिज हुने भएको छ । चलचित्र कञ्चनपुरको एक मात्र सिनेमा हल सेती महाकाली टाकिज बाट प्रर्दशनमा आउन लागेको हो । कञ्चनपुरका बिभिन्न पर्यटकिय स्थानमा छायांकन गरिएको फिल्मले युवाह?लाई नयाँ सन्देश दिन खोजेकोे कलाकार ज्योती अवस्थीले बताउनु भयो ।

फिल्ममा ४० जना युवा कलाकारह?को भुमिका रहेको छ । युवा पुस्ता अहिले बिभिन्न दुव्र्यसैनीमा र कुलतमा फस्दै गएको गलत कार्यले कहिले पनि कसैको भलो नहुने फिल्मले सन्देश दिन खोजिएको निदेशक कमल सुनारले बताए । निर्देशक सुनारले करिव १० लाखको लागतमा फिल्म छायांकनमा निर्माण भएको बताउनु भयो । बलिवुडको झल्को दिने गरि फिल्म निर्माण गरिएको छ । फिल्मले दर्शकह?लाई पुर्ण सन्तुष्टि दिने निर्माता सावदले बताए । शनिवार कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले फिल्मको टेलरको उदघाटन गरेका थिए । उद्यघाटन समारोहमा अहिले समाजमा बढ्दै गएको बिकृती प्रति लक्षित गरी समाजमा युवाह? प्रति सकारात्मक भावना सन्देश जाने फिल्म बनाउनु पर्नेमा मल्लले जोड दिनु भयो ।

कञ्चनपुरका युवा कमल सुनारद्धारा निर्देशित र लोकेन्द्र सावदद्वारा निर्मीत चलचित्रमा नायक कमल सुनार र नायिका ज्योति अवस्थी सह नायिका जानकी बोहरा, सोमाई पन्त चाँदनी पन्त आदिको मुख्य भुमिका रहेको छ ।

ताजा समाचार