दोधारा : दोधारा चाँदनीमा बाल संजाललाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाको आयोजनामा नगर स्तरिय २ दिने बाल संजाललाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मर पन्त लेखकले जानकारी दिएका छन् । हिजोबाट संचालन भएको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालनको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत संयोजक भानदेब भट्ट, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मर पन्त लेखक लगाएत बिद्यार्थी, वडा सदस्य तथा शिक्षक प्रतिनिधीको बाक्लो उपस्थिती रहेको थियो ।

नगरपालिका स्तरीय बाल संजालको पुनर्गठन, बाल अधिकार सम्बन्धी संबैधानिक ब्यवस्था, बालबालिका सम्बन्धी ऐन कानुन, बाल क्लब र बाल संजालका कार्यसमितिका सदस्यहरुको मुख्य कार्यहरु, बाल श्रम न्युनिकरणका लागी बाल क्लब र बाल संजाल र स्थानिय तहको भुमिका बिषयक सामुहि छलफल लगाएत बिषयमा अभिमुखिकरण गरिएको थियो । दोधारा चाँदनीका माध्यमिक तहका ७ वटा बिद्यालयका बिद्यार्थी तथा शिक्षक प्रतिनिधीको सहभागिता रहेको छ् । कार्यक्रममा नगर बाल संजालका संयोजकमा हरिकला रावत भएका छन् । यस्तै उपाध्यक्षमा अस्मिता सिंह, सचिवमा मोनिका सिंह, सह–सचिवमा सुमन पाल, कोषाध्यक्षमा बिनोद नेपाली गरि १३ सदस्यीय नगर बाल संजाल गठन गरिएको छ् ।

कार्यक्रममा मन्तव्य राख्दै दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरीले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागी नगरपालिका प्रयासरत रहेको बताएका छन् । बालबालिकाले ल्याएका योजनाहरुलाई नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्दै आफ्ना अधिकारका लागि बालबालिका आफैले पनि आवाज उठाउनु पर्ने उपप्रमुख गिरीको भनाई रहेको छ् । अभिमुखिकरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भान देब भट्ट, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मर पन्त लेखक, उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासका शाखा अधिकृत बसन्ती जोशी र महिला तथा बालबालिका शाखाका दोधारा चाँदनीका ईश्वरी सिंहले सहजीकरण गरेका थिए ।







