माओबादी नगर कमिटि गठनमा किचलो : कमिटि गठनमा अध्यक्ष मण्डलका संयोजककै आपत्ती


दोधारा : दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रको नगर कमिटि गठन कार्यमा किचलो भएको छ् । माओबादी केन्द्र दोधारा चाँदनीका एक खेमाले झुक्काएर अवैधानिक, अलोकतान्त्रिक र षड्यंत्रमुलक ढंगले कमिटि गठन कार्य अघि बढाएको भन्दै नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका एक खेमाले आपत्ती जनाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको एक सामुदायिक बनमा नगर कमिटि गठन कार्य अघि बढाएपछि अवैधानिक, अलोकतान्त्रिक र षड्यंत्रमुलक तथा कार्यकर्तालाई मुटभेट गर्ने नियत भएको भन्दै सामाजिक संजालमा नेकपा (माओवादी केन्द्र) दोधारा चाँदनीका सचिव भिम कुमालले लेखेका छन् । ‘कार्यकर्तालाई झुक्याएर जंगलमा बन्द सत्र गरिए बिबाद सिर्जना गरेका छन् । नेकपा (माओवादी केन्द्र) दोधारा चाँदनीका सचिव भिम कुमालले भने ।

‘पार्टीको बन्द सत्रको नाममा मिति २०७८/०८/२४ गते अवैधानिक, अलोकतान्त्रिक र षड्यंत्रमुलक ढंगबाट कार्यकर्तालाई झुक्याएर बन्द सत्र गरिएको भनी विवाद सिर्जना उत्पन्न भए पश्चात निर्वाचन समितिले स्थगित गरिसकेको र प्रदेशबाट पनि भुगोलमा आई समस्या समाधान गर्छौं भनिसकेको अवस्थामा आज मिति २०७८/०९/१० गते १२:०० बजे भानु स्कुलमा नयाँ नगर कमिटीको बैठक भनी बोलाएको भन्ने जानकारी आएको हुदा यो अवैधानिक र षड्यंत्रमुलक रहेको छ् । उक्त बैठकमा नजान सम्पूर्ण कमरेडहरु लाई जानकारी गराउन चाहान्छु । साथै दोधारा चाँदनीका केही जिम्मेवार कमरेडहरुलाई म, के भन्न चाहान्छु भने पार्टी भित्रका आन्तरिक समस्यालाई छलफल तथा प्रक्रिया बाट समाधान गर्नुपर्दछ । नकि अवैधानिक तरिकाले जबर्जस्ती, यसले कार्यकर्ता बिच मनमुटाव र मुडभेड पैदा हुनसक्ने हुन्छ् । तसर्थ यसको जिम्मेवारी उक्त कार्य गर्ने गराउनेले लिनुपर्दछ्’ सामाजिक संजालमा नेकपा माओबादी केन्द्रका नगर सचिव भिम कुमालले भनेका छन् । यस्तै नगर कमिटि गठन कार्यका अध्यक्ष मण्डलका संयोजक धन बहादुर दमाईले आजै एक बक्तब्य जारी गरि नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका एक खेमाले अबैधानिक तरवरले बलजफती गरि नगर कमिटि गठन गर्न लागेको भन्दै आपत्ती जनाएका छन् ।

‘दोधारा चाँदनी नगरपालिकाका सम्पुर्ण माआबादी केन्द्रका सहयोद्धाहरुलाई मेरो ब्यक्तीगत तर्फबाट लाल सलाम । बिगत मंसिर २४ गते दिन भएको नगर सम्मलेनमा भएको बन्द सत्र कुनै ब्यवस्थीत बन्द कोठामा नभई खुल्ला सामुदायिक बनमा बनद सत्र गरेको कुनै प्रकारले संबैधानिक तथा लोकतान्त्रीक नभएको ठानेको छु । मलाई पनि बल पुर्वक त्यसमा समाबेस गरेको छ् । तसर्थ म स्वयम् धन बहादुर दमाई अध्यक्ष मण्डलको संयोजक भएको नाताले त्यहा भएको अपुर्ण नगर कमिटि असंबैधानिक, अलोकतान्त्रीक, प्रकृयाबिहिन भएकोले उक्त बिबादलाई टुङ्ग्याउन राष्ट्रिय अधिबेशन सकिएपछि हामी आफै आएर भुगोलमा समस्याको समाधान गर्छु भनेर प्रदेश ईन्चार्ज क. खगराज भट्टज्युले आश्वासन दिए बामोजिम सबैले जानु पर्छ भन्ने मेरो सादर अनुरोध छ् ।’ नगर कमिटि गठन कार्यका अध्यक्ष मण्डलका संयोजक तथा नेकपा माओबादी केन्द्र पुर्व जिल्ला कमिटि सल्लाहकार सदस्य धन बहादुर दमाईले बक्तब्यमा भनेका छन् ।


ताजा समाचार

spot_img