दोधारा चाँदनी : तिन हजार बढीले बिद्यालयमा लगाए कोरोना बिरुद्धको खोप


दोधारा । कोरोना संक्रमणबाट किशोर किशोरीलाई जोगाउन दोधारा चाँदनी नगरपालिकाका विद्यालयमै खोप लगाउन शुरु भईरहेको छ् । खोप कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष (२०६१ साल मङ्सिरदेखि २०६६ साल मसिंरमा जन्मेका) उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्ध मोडर्ना खोप लगाउन थालिएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको १७ वटा सामुदायिक र ६ वटा संस्थागत बिद्यालयमा संचालन गरिएको खोप कार्यक्रममा चार दिनमै ३ हजार २ सय किशोर किशोरीलाई कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाइसकेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । ‘वालवालिका, किशोर किशोरीलाई कोरोना विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा खोप लगाउन ४ हजार मात्रा उपलब्ध गराइएको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य १० हजार रहेको छ् । स्वास्थ्यकर्मीलाई विद्यालयमै खटाएर बालबालिका तथा किशोर किशोरीलाई खोप लगाइरहेका छौं ।’ खोप कार्यक्रम प्रभावकारी बनाउन अनुगमन समेत भईरहेको उनको भनाई छ् । विद्यालयमा खोप लगाउनबाट छुटेका किशोर किशोरीलाई नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था समेत मिलाइएको छ् । विद्यालयमा अध्ययनरत बाहेक किशोर किशोरीको हकमा स्वास्थ्य संस्थामा जन्म दर्ताको प्रमाण पत्रका आधारमा खोप लगाईनेछ् । छिमेकी मुलुक भारतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ तीव्र गतिमा बढिरहेका बेला १२ वर्ष माथिका बालबालिकाहरुलाई खोप दिए जोखिम केही कम हुने अनुमान गरिएको छ् ।


ताजा समाचार

spot_img