दोधारा : दोधारा चाँदनी नगरपालिकामा बालवालिकाहरुलाई कोरोना बिरुद्धको खोप संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका २१ बिद्यालयमा भोली देखि कोरोना बिरुद्धको खोप मोडेर्ना खोप संचालन गर्न लागिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । अमेरिकी कम्पनी मोडेर्नाले कोरोना बिरुद्धको निमार्ण गरेको खोप मोडेर्ना खोप दोधारा चाँदनी नगरपालिकाका १७ वटा सामुदायिक र ६ वटा संस्थागत बिद्यालयमा संचालन गर्न लागिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जनाएका छन् ।

मोडेर्ना खोप १२ देखि १७ वर्ष सम्मका उमेरका बालबालिकालाई दिने लक्ष्य राखिएको छ् । खोप अभियान संचालनको लागी ४ हजार डोज खोप दोधारा चाँदनी नगरपालिकामा आईपुगिसकेको बताईएको छ् । स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराका अनुसार दोधारा चाँदनी नगर क्षेत्रमा १० हजार डोज कोरोना बिरुद्धको मोडेर्ना खोप दिने लक्ष्य राखिएको छ् । नगर क्षेत्रमा पहिलो चरणमा संचालन गर्न लागिएको मोडेर्ना खोपको लागी सबै सामुदायिक बिद्यालय र संस्थागत बिद्यालयमा पत्राचार गरिसकेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले एक सुचना प्रकाशित गरि कोरोना बिरुद्धको अभियानमा सबैलाई सहयोग गर्न अपिल समेत गरेको छ् ।

‘कोभिड रोकथाम तथा नियन्त्रणको लागी बिभिन्न चरणमा खोप अभियान संचालन भई राखेको र सोही सन्दर्भमा कञ्चनपुर जिल्लामा कोरोना बिरुद्धको मोडेर्ना खोपको पहिलो मात्रा मिति २०७८/९/४ देखि १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा गई खोप सेवा प्रदान गरिने भएकोले सम्बन्धीत बिद्यालयमा खोप कार्यक्रम संचालन भएको दिन सम्पर्क गरि खोप लिन सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयको सुचनामा भनिएको छ् ।







