दोधारा । अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी र भिमदत्तको गड्डाचौकीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको महाकाली झोलुङ्गे पुल र भिमदत्त नगरपालिकाको गड्डाचौकीमा अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर–२०२१ सफल पारौं नारा सहित जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । नेपाल वैदेशिक रोजगारको लागी भारत छिर्ने मुख्य क्षेत्र महाकाली झोलुङ्गे पुल र गड्डाचौकी नाकामा मानव बेचबिखन तथा कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने पर्चा पम्पलेट, बुकलेट बितरण लगाएत जनचेतनामुलक प्रदान गरिएको थियो । रोजगारीको लागी बिदेश जादै गरेका ब्यक्तीहरुले कसरी आफुर आफ्नो परिवार सुरक्षित रहने भन्ने जानकारी गराईएको माईत िनेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ स्थित महाकाली झोलुङ्गे पुलमा आवत जावत गर्नेहरुलाई सचेतना सहित जानकारीमुलक पर्चा पम्पलेट, बुकलेट बितरण गरिएको थियो ।


‘सचेत, सिपमुलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मुल आधार कार्यक्रम २०२१ सफल पारौं’ नारा सहित माईती नेपाल कञ्चपुरले महाकाली झोलुङ्गे पुलमा संचालन गरेको जनचेतनामुलक कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, माईती नेपाल कञ्चनपुरद्धारा गठित सुरक्षित संजालका संयोजक खिमा चन्द, महाकाली झोलुङ्गे पुल अस्थायी पोष्टका असई राम बहादुर कार्की लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा असुरक्षित आप्रवासनमाबाट जोगिन सबै सचेत हुनु पर्नेमा जोड दिएका थिए । सानो लापरबाहीले वैदेशिक रोजगारीको यात्रा कष्टकर हुने र बेचविखनमा पर्न सक्ने भएकोले सबै सचेत रहनु पर्ने कार्यक्रममा बताईएको छ् । यस्तै भिमदत्त नगरपालिकाको गड्डा चौकी सिमानाकामा अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारे संचालन गरिएको जनचेतनामुलक कार्यक्रममा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक जिवन गुरुङ्ग, भन्सार कार्यालय गड्डाचौकीका मोहन सिंह बोहरा, सशस्त्र प्रहरीका असई प्रेम सिंह ठगुन्ना, माईती नेपाल कञ्चनपुरको टोली लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।








