पुनर्वास– कञ्चनपुरको पुनर्वासका एक २६ वर्षिय युवक दुवै मृगौलाको समस्याले ग्रसित छन् । पुनर्वास नगरपालिका–५, भानुबस्ती घर भएका शेरबहादुर थापा यतिबेला शरिरका दुबै मृगौलाको समस्याले ग्रसित भएपछि उनलाई उपचारका लागि आर्थिकको खाँचो भएको हो । करिब पाँच महिना अघि मात्रै भारतबाट नेपाल आएका शेरबहादुर बिरामीले थला परेपछि उपचारका लागि धनगढी स्थित सि.पि. अस्पतालमा लगिएको थियोे । उपचारका क्रममा अस्पतालले शेरबहादुरलाई दुवै मृगौलामा समस्या देखाएको थियो । मृगौलामा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं स्थित सुमेरु अस्पतालमा भर्ना गरिएको उनका भाई प्रेम थापाले जानकारी दिए ।

“उपचारमा दश लाख भन्दा बढि खर्च लाग्ने अस्पतालले जनाएपछि आर्थिक अभावका कारण दाईको उपचारमा कठिनाई भयो” उनका भाई प्रेमले भने “देश विदेशमा रहनुहुने सम्पुर्ण आफन्त र मनकारी व्यक्तिले आर्थिक सहयोग गरि दाईको ज्यान बचाईदिनुस् ।” मध्यमवर्गिय परिवारमा जन्मिएका शेरबहादुर २०६८ सालमा भानुवस्तीमै अवस्थित गौरी शंकर माध्यमिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरी भारतमा रोजगारीको सिलसिलामा बस्दै आएका थिए । शेरबहादुरलाई सहयोग गर्न चाहने ईच्छुक व्यक्तिले ९८४०५५८४३१,९८०६४२१०४९ मा सम्पर्क गरि एनएमबी बैंक शाखा पुनर्वासमा प्रेमबहादुर थापाको नाममा रहेको खाता नम्बर १८२०१७२३३७१०००१४ मा आर्थिक सहयोग गरिदिनुहोला ।

