काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि पुनस् मतदान हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । मत गणना सकिएलगत्तै निर्वाचन समितिका एक जना सदस्यले भने, ‘दोस्रो चरणको मतदान आजै गर्ने गरी छलफल सुरु गरिएको छ।’

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ । (साभार:अनलाइन डटकम)

