दोधारा चाँदनीबाट भारत तर्फ लग्दै गरेको किशोरीलाई माईती नेपालद्धारा उद्धार


दोधारा : भारत तर्फ लग्दै गरेका एक किशोरीलाई माईती नेपालले उद्धार गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४, महाकाली झोलुङ्गे पुल स्थित माईती नेपालको सुचना तथा परामर्श केन्द्रले हिजो राती सोधपुछको क्रममा भिनपा कि २० वर्षिय एक किशोरीलाई भारत लग्दै गरेका भारतको उत्तरप्रदेश, बरेली निवासी वर्ष रमेश सिंहलाई रोकेको हो । सोधपुछको क्रममा आफु दुबै जना श्रीमान र श्रीमती भएको बताएपनि किशोरीको घरमा फोन सम्पर्क राख्दा घरमा थाहै नदिएर किशोरी भागेर गएको बताएपछि माईती नेपाल कञ्चनपुर र झोलुङ्गे पुल अस्थायी प्रहरी चौकीले उनि दुबै जनालाई नियन्त्रणमा लिएर रमेश सिंहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा र किशोरीलाई माईती नेपालको जिम्मामा राखिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् ।

उनिहरु हिजो बिहान महेन्द्रनगर बजारमा कपडा तथा किशोरीले श्रंगारको समान खरिद गरेपछि दोधारा चाँदनी नगरपालिकाको खुला सिमा हुदै मुन्द्रे यातायात चढेर भारत छिर्न लागेको हुन् । ‘भारतिय युवक संग किशोरी भारत जान लागेको अवस्थामा हामीले सोधपुछको क्रममा महाकाली झोलुङ्गे पुलमा रोकेका हौं’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । किशोरीलाई ललाई फकाई भारतिय नागरिकले भारत लग्न लागेको आशंकामा उनिहरुलाई पक्राउ गरेको बताईएको छ् । भारतिय नागरिक रमेश सिंह प्रवासी नेपाली भएको र किशोरीहरु संग हाडनाता लाग्ने भएको प्रराम्भिक सोधपुछमा खुलेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका खुला सिमा क्षेत्रको कारण मानव तस्करहरु सक्रिय रहदै आएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । कञ्चनपुरको गड्डाचौकीमा सुरक्षा ब्यवस्था कडा भएको कारण मानव तस्करहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सिमाको प्रयोग गर्दै आएको बताईन्छन् ।


ताजा समाचार

spot_img