दोधारा चाँदनीमा माईती नेपालको बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण


दोधारा । माईती नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७८ अन्तर्गत दोधारा चाँदनीमा बिद्यार्थीहरुलाई एक दिने मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण गरेको छ् । दोधारा चाँदनी नगरपालिका स्थित शारदा सरस्वती माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा ८, ९, १० र ११ का छात्राहरुलाई माईती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७८ को आज अन्तिम दिन अनुशिक्षण गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । माईती नेपाल कञ्चनपुरको ‘हाम्रो आवाज : मानव बेचबिखन मुक्त समाज’ नारा सहित दोधारा चाँदनी नगरपालिकामा बिभिन्न समयमा बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ् । यसै क्रममा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७८ को अन्तिम दिनमा शारदा सरस्वती माध्यमिक बिद्यालयका छात्राहरुलाई बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । ‘घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ नारा सहित शारदा सरस्वती माध्यमिक बिद्यालयका झण्डै ६० जना छात्राहरुलाई अनुशिक्षण गरिएको बताईएको छ् । माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित सुरक्षित संजालका संयोजक खिमा चन्दको सभापतित्वमा संचालन भएको एक दिने मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण कार्यक्रमका प्रमुख अतिथी शारदा सरस्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक कृष्ण बहादुर चन्द रहेका थिए भने, बिशिष्ठ अतिथीमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट रहेका थिए । यस्तै अतिथीमा महिला अधिकारकर्मी धनसरा चन्द, माईती नेपालका कर्मचारी लक्ष्मी कुमारी थापा रहेका थिए । पछिल्लो समय हिंसाका घटनाहरु बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले माईती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०७८ समय पारेर बिद्यार्थीहरुलाई अनुशिक्षण संचालन गरेको कार्यक्रमका सभापती तथा सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले जानकारी दिएका छन् । उनका अनुसार बिभिन्न समयमा मानव बेचबिखन लगाएत हिंसामा परेकाहरुलाई रोक्न, उद्धार गर्न र परामर्श दिन माईती नेपाल दोधारा चाँदनी नगर क्षेत्रमा बिगतका दिनहरु देखि कटिबद्ध रहदै आएको जानकारी गराउदै माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध सशक्त बिगत लामो समय देखि आवाज उठाउदै आएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक तथा कार्यक्रममा सभापती खिमा चन्दले बताएका छन् । दोधारा चादनी नगरपालिका भारत संग जोडिएको झण्डै ३५ किलो मिटर खुला सिमा क्षेत्र रहेकोले स्थानिय नागरिकहरु मानव बेचबिखन तथा ओसारपसार विषयमा सजग रहने उद्धेश्यले माईती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समयमा बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध अनुशिक्षण संचालन गरेको भन्दै शारदा सरस्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक तथा कार्यक्रममा प्रमुख अतिथी कृष्ण बहादुर चन्दले प्रशंसा गरेका थिए । माईती नेपालले दोधारा चाँदनी नगरपालिका बिकट गाँउ, बस्तीमा बिभिन्न समयमा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको आफुले थाहा पाईरहेको बताउदै मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध लड्न सबै ताप्को माईती नेपाललाई सहयोग गर्नु पर्ने अपरिहार्य रहेको प्रधानध्यापक चन्दले बताएका छन् । कस्ता महिला तथा बालबालिकाहरु बेचबिखनमा पर्न सक्छन, बेचिएका बालबालिकाहरुलाइ कुन कुन क्षेत्रमा लगाईन्छ, महिला हिसा किन र कसरी हुन्छ, लैङ्गिक हिंसा भनेको के हो ? भन्ने बारेमा बिद्यार्थीहरुलाई माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले प्रशिक्षण गरेका थियो । कार्यक्रममा सहभागी बिद्याथीहरुले मानव बेचबिखन तथा लैङ्गिक हिंसाको बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागी छात्रा अस्मीता नेपालीले मानव बेचबिखन तथा लैङ्गिक हिंसाको बिरुद्धमा अनुशिक्षणमा सहभागी हुन पाएकोमा आफु निकै खुशी भएको बताएका छन् । आफुहरुले माईती नेपालको नाउ सुनदै आएको र माईती नेपालको काम तथा मानव बेचबिखन तथा लैङ्गिक हिंसाको बारेमा थप जानकारी पाएकोमा अभार प्रकट गर्दै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका कार्यक्रममा सरिक हुन पाएमा खुशी भएको छात्रा अस्मीता नेपालीले बताएका छन् । माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिपमुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आइरहेको कार्यक्रममा सहभागीहरुलाई माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी गराएका छन् । बिद्यार्थीहरु समेत मानव बेचबिखन तथा ओसार पसार रोक्न सजग गर्नु पर्ने आवश्यक रहेको बताउदै बिगत लामो समय देखि दोधारा चादनी नगर क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध कार्य गर्दै आएको माईती नेपाल कञ्चनपुर नगर क्षेत्रको लागी क्रियाशिल संस्था रहेको महिला अधिकारकर्मी धनसरा चन्दले बताए ।


ताजा समाचार

spot_img