कञ्चनपुर : शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि. महेन्द्रनगर शाखा कार्यालयले वित्तिय शाक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंङ्किक सेवा सम्वन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको हो ।
महेन्द्रनगर बनगाउ स्थित एमिटि कलेज बीबीए ७ औं सेमेष्टरमा र महेन्द्रनगर भासी स्थित विक्रस्टन कलेज बीबीए तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु लाई डिजिटल बैंङ्किक र फाइनान्सियल लिटे«सी सम्बन्धी साक्षरता कार्यक्रम गरीएको बैंकका शाखा प्रवन्धक बासुदेब पन्तले बताए ।

डिजिटल बैंङ्किकको माध्यमबाट सरल, सहज र सुरक्षित रुपमा सेवा लिन सकिन्छ । साक्षरता कार्यक्रममा बैंकका पश्चिमाञ्चल क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेल र आई टि अफिसर तारा प्रसाद पाण्डेले बिद्यार्थिलाई डिजिटल प्रणालीको आवश्यक्ता र यसको प्रयोग बाट हुने फाईदाका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा २०० भन्दा वढी बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एमिटि कलेजका तर्फबाट कलेजका प्रिन्सीपल रबिन्द्र अवस्थी र विक्रस्टन कलेजका तर्फबाट कलेजका संयोजक राजेश भण्डारीले शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकले कलेज स्तरमा आयोजना गरेको वित्तिय शाक्षरता कार्यक्रमका माध्यमबाट बिद्यार्थिहरुले व्यवहारिक ज्ञान हासिल गर्न सहज भएको बताए ।







