कञ्चनपुर : कृष्णपुर नगरपालिकामा कोभिड – १९ बाट प्रभावित समुदायहरुका लागि पुर्नरुत्थान परियोजना बारेमा छलफल गरिएको छ ।

बिहिवार एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारीमा निड्स नेपालले दुई पालिकामा सञ्चालन गर्न लागेको उक्त परियोजनाको बारेमा एक कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो । कोरोनाका कारण प्रभावित भएका परिवारहरुको पुर्नरुत्थान र नयाँ आईरहेको कोभिडको भेरियन्टको जोखिम कम गर्न परियोजना लागु गर्न लागिएको निड्स नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।

उनले थपे “कोरोनाको नयाँ भेरियन्टसँग लड्न र कोरोनाका प्रकोप कम गर्न नगरको स्वास्थ्य शाखालाई परियोजना मार्फत विभिन्न सहयोगहरु गरिने छ।” महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई पनि साना आयआर्जनका लागि नगरपालिकाकै कृषि शाखाहरु सँग समन्वय गरी कार्यक्रम थालिने र जिल्लाका पुर्नवास, भिमदत्त र कृष्णपुर नगरपालिका गरी तिन वटा स्थानिय पालिकाहरुमा उक्त परियोजना लागु गरिरहेको बताए । परियोजनाको मुख्य उद्देश्य कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्य संस्थाको क्षमता विकास गर्ने, आवश्यक स्रोत साधनहरु को सहयोग गर्नुका साथै रोजगारी गुमाएर घर फर्किएका लाई आयस्तर बृद्धि गर्न सहयोग गर्ने छ।

परियोजनाले मुख्य गरी स्वास्थ्य र कृषि क्षेत्र लाई मध्यनजर गर्दै कार्य लाई अगाडि बढाउने रहेको छ। परियोजना १० महिनासम्म संचालन हुने र ३ हजार घरधुरी समेटेको निड्स नेपालका कार्यक्रम संयोजक विनोद सिंह कडाराले बताएका छन । उनले भने परियोजनाको कुल लागत २ करोड १ लाख २४ हजार ९ सय ७६ रुपैया रहेको छ। परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्न सबैले सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
निड्स नेपालकी सहसचिव दुर्गा खरेलको अध्यक्षतामा आयोजित छलफल कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका उपप्रमुख रमिता राना रहेकी थिईन । परियोजना अन्र्तगत कृष्णपुर नगरपालिकालाई समावेश गरेको भन्दै निड्स नेपाललाई धन्यवाद दिदै उनले कृष्णपुर नगरपालिका कोभिडको सबैभन्दा बढी मारमा परेको स्थानीय तह मध्य पर्ने भएकाले परियोजना आवश्यक रहेको बताईन । कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष आशाराम चौधरी, वडा नं. ६ का वडाध्यक्ष नत्थुराम चौधरी, वडा नं. ८ का वडाध्यक्ष अमर सिँह बडायक र वडा नं. ९ का वडाध्यक्ष छत्र बहादुर महराका साथै नगरका विभिन्न शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यसैगरी उक्त दिन कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा पनि छलफल गरिएको छ। कोभिड १९ बाट प्रभावित समुदायको लागि स्थानीय सरकार संग समन्वय गरि स्वास्थ्य संस्था हरूको माध्यमबाट गैरसरकारी संस्था निड्सको साझेदारीमा कोभिड १९ जस्ता महामारी रोकथाम र पहिचान , व्यवस्थापन र उपचार का लागि अावस्यक सामाग्री तथा उपचार मा सहयोग उपलब्ध गराउने साथै कोभिडका कारण विस्थापित भएका अाप्रवासी हरूलाई सहयोग र सहायता प्रदान गर्ने परियोजनाको मुख्य उदेश्य रहेको परियोजना कार्यक्रम संयोजक विनोद सिंह कडाराले बताएका छन् ।
परियोजनाको माध्यमबाट स्थानीय सरकारको साझेदारीमा नेपाल प्रवेश नाकामा सवलिकरण गर्न हेल्थ डेस्क स्थापना गर्दै केश अनुसन्धान र सम्पर्क सेन्टर को समेत व्यवस्थापन गर्ने कोभिडबाट प्रभावित समुदाय लाई जिविकोपार्जन का लागि विभिन्न शिपमुलक योजना हरू सञ्चालन गरिने परियोजना भित्र रहेको छ।
परियोजना मार्फत कोभिड – १९ बाट विस्थापित अाप्रवासी कामदारको पहिचान गरि तत्काल सहायता प्याकेज प्रदान गरिने र पुनर्वास नगरपालिका को वडा नम्बर ५ र ६ मा कोभिडका कारण ५ जनाको मृत्यु भएको हुँदा सबैभन्दा बढी संक्रमित वडा नम्बर ९ मा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रशाद जोशी को अध्यक्षता मा कार्यक्रमको आयोजित परियोजना कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका मेयर जिवनराज थापा ,विशिष्ट अतिथि नगर उप प्रमुख सारदा शर्मा बिष्ट , प्रमुख प्रशासकिय अधिकृत शिवराज भट्ट , प्रशासकिय अधिकृत धौलराम सार्की , कार्यक्रममा विभिन्न वडाका अध्यक्ष , बिषयगत शाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम को सञ्चालन परियोजना कार्यक्रम संयोजक विनोद सिंह कडाराले गर्नु भएको थियो।






