माईती नेपालको सशक्त पहेरीदारीको कारण मानव बेचबिखनमा कमी आएको छ् : भारतिय सिओ वर्मा


दोधारा । टनकपुर भारतका सिओ अविनाश वर्माले माईती नेपालको सशक्त उपस्थितीको कारण मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा कमी आएको बताएका छन् । माईती नेपाल कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको मानव बेचबिखन विरुद्ध लड्न भारत–नेपाल सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रममा सिओ वर्माले यस्तो बताएका छन् । ‘जो काम सरकारले गर्नुपर्ने थियो, त्यो काम माईती नेपालले गरिरहेको छ् सशत्त: उपस्थितीको कारण मानव बेचबिखन तथा ओसारपसारमा कमी आएको हो’ सिओ वर्माले भने ‘नेपाल–भारतको खुल्ला सीमाका कारण लागु औषध र मानव बेचविखनका समस्या बढी छन् ।’ उनले अगाडी थपे ‘यद्यपी माईती नेपालको सक्रियताले अहिले पहिलाको भन्दा धेरैनै नियन्त्रण भईरहेको छ ।’ कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले मानव वेचविखन नेपालीहरुको लागि पिडा दायिक भएको बताए । ‘यो मानव बेचविखन हामी नेपालीहरुका लागि पिडादायिक छ ।’ सिडिओ पाण्डेले भने– ‘यसलाई न्युनिकरण गर्न हामी सबैले आ–आफ्नो स्थानबाट खट्न जरुरी छ ।’

उता भारतको टनकपुरका एसडिएम हिमान्सु कफल्टियाले मानव वेचविखन न्यूनिकरणका लागि नेपाल–भारत दुबै देशका सरकारी तथा गैरसरकारी संस्थाले मिलेर काम गर्दै आएको बताए । आगामी दिनमा पनि मिलेर काम गर्नुपर्नेमा जोड दिए । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवम् प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदीले कञ्चनपुर प्रहरीले माईती नेपाल र मानव बेचविखन विरुद्ध काम गर्ने अन्य संस्था संग निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्न तयार रहेको बताए ।

उनले मानव बेचविखन न्यूनिकरणका लागि समुदायक स्तरमा गएर जनचेतनामुलक कार्यक्रम तथा काम गर्नु पर्ने समेत बताए । यस्तै सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले मानव बेचविखन तथा लागु औषध ओसारपसार लगाएतका अपराधिक घटना हुनुका मुख्य कारण खुल्ला सीमा भएको बताए । उनले दुबै देशका सुरक्षाकर्मीले माईती नेपाल लगाएका संस्था संग सहकार्य गरेर काम गरिहरको समेत बताए । ‘मानव वेचविखनको मुख्य कारण खुल्ला सीमाना हो ।’ सशस्त्र एसपी ऐरले भने ‘यसको न्यूनिकरणका लागि दुवै देशका सुरक्षाकर्मीहरु मिलेर काम गरिरहेका छौ ।’

कार्यक्रममा माईती नेपालका काम कर्तव्य, अधिकार तथा मानव वेचविखनका कारण, अवस्था र न्यूनिरकणका लागि भईरहेका काम लगाएतका विषयमा माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले प्रकाश पारेकी थिइन् । उनले खुल्ला सीमानाका, गरिबी, बालविवाह, जनचेतनाको अभाव, अशिक्षा लगाएका कारण मानव वेचविखनका घटना भईरहेका बताइन् । ‘खुल्ला सीमानाका, अशिक्षा, गरिबी लगाएतका काारण मानव वेचविखन भइरहेको छ् ।’ संयोजक भट्टले भनिन् ‘यद्यपी हामी निरन्तर यसका विरुद्ध काम गरिरहेका छौ ।’ संयोजक भट्टले मानव बेचविखन शुन्यमा झार्न सबैले आ–आफ्नो क्षेत्रबाट खट्न समेत सम्पूर्णमा आग्रह समेत गरिन् । कार्यक्रमका नेपाल–भारतका विभिन्न सरकारी गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।


ताजा समाचार

spot_img