एकल महिलाको आर्थिक उन्नतीका लागि भीनपा ६ मा बाख्रा वितरण

कञ्चनपुर : एकल महिलाको आर्थिक उन्नतीका लागि भीमदत्त नगरपालिका ६ नम्बर वडाले बाख्रा वितरण गरेको छ । भीनपा ६ ले त्रिपुरा एकल महिला कृषक समुह मार्फत एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको हो । भीनपा ६ का वडाध्यक्ष हरक सिह धामीले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि बाख्रा वितरण गरेको बताए । उनका अनुसार १० उन्नत जातका बाख्रा वितरण गरिएका छन ।

‘अहिले हामीले १० एकल महिलालाई बाख्रा वितरण गरेका छौँ, ‘अध्यक्ष धामीले भने, ‘बाख्राले बच्चा पाएपछि सो बच्चा अर्की एकल महिलालाई वितरण गर्नुपर्छ ।’ समाजवादी पार्टी कञ्चनपुरका सचिव समेत रहेका वडा अध्यक्ष धामीले एकल महिलाको आर्थिक समाजिक बृद्धि विकासका लागि सो कार्यक्रम ल्याएको बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै त्रिपुरा एकल महिला कृषक समुहकी अध्यक्ष पार्वती थापाले एकल महिलाका लागि ल्याएका कार्यक्रमले आफुहरु उत्साहित भएको बताईन ।

डब्लूएचआर कञ्चनपुरका सचिव रमा पन्तले समेत एकल महिलाका लागि ल्याएका कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोडदिए । वडाध्यक्ष हरकसिह धामीको अध्यक्षतामा भएको कार्यक्तममा भीमदत्त नगरपालिका निमित्त प्रमुख हरिदत्त जोशीको प्रमुख आथित्यमा भएको कार्यक्रममा कृषि शाखा प्रमुख कृष्ण पाण्डे, नगर प्रमुखका सचिवालयका प्रमुख कर्मचारी दिनेश भट्ट, जनप्रतिनिधी, एकल महिलाको उपस्थिति रहेको थियो ।

ताजा समाचार

spot_img