दोधारा । नेकपा माओबादी केन्द्रको दोधारा चाँदनी नगरपालिकामा प्रथम नगर सम्मेलनको उद्धघाटन भएको छ् । दोधारा चाँदनी नगरपालिकाको साबिकको चाँदनी गाबिस प्रांगणमा एक कार्यक्रमको बिच नेकपा माओबादी केन्द्रको प्रथम नगर सम्मेलनको उद्धघाटन गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जनाएको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका ईन्चार्ज भरत भट्टको सभापतीमा संचालित उद्धघाटन कार्यक्रमका प्रमुख अतिथीमा नेकपा माओबादी शुदुरपश्चिम ईन्चार्ज रेनु चन्द रहेका थिए भने बिशिष्ठ अतिथीमा नेकपा माओबादी केन्द्रका नेता तथा कृषि तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार, नेकपा माओबादी प्रदेश सदस्य ओम बिक्रम भाट रहेका थिए । यस्तै अतिथीमा नेकपा माओबादी केन्द्रमा जिल्ला सदस्य धनसरा चन्द, जिल्ला कमिटि सल्लहाकार सदस्य धन बहादुर दमाई, अखि क्रान्तिकारी जिल्ला अध्यक्ष कैलाश चन्द्र गिरी लगाएत राजनितिक दलका प्रतिनिधीहरु रहेका थिए ।


नेकपा माओबादी केन्द्रले केही दिन अघि टोल तथा वडा सम्मेलन गरि दोधारा चाँदनीका वडाहरुमा वडा कमिटि गठन गरेको हो । नेकपा माओबादी केन्द्र आउदो चुनावमा बहुमत ल्याउने कार्यक्रममा बक्ताहरुले बताएका छन् । बक्ताहरुले प्रथम नगर सम्मेलनको उद्धघाटन सत्रमा शुभकामा मन्तब्य ब्यक्त गरेका छन् । देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि माओबादी पाटीले बहुमत ल्याउने बक्ताहरुको दाबी गरेका छन् । माओबादी केन्द्र गरिब दुखीको आत्मा संग भिज्न सक्ने पाटी भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमालले बताएका छन् । ‘हाम्रो पाटीले शक्तिशाली पार्टी हो । कर्म गरे अनुसारको शक्ती पाएको छ् । अब छिटै चुनाव आउदै छ् । चुनावबाट बहुमत ल्याउछौं । देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि माओबादी पाटीलाई बहुमत चाहिएको छ्’ नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका सचिव भिम कुमालले भने ।








