बेलडाँडीका हात्तीको वितण्डा

कञ्चनपुर: जंगली हात्तीको बथानले कञ्चनपुरको बेलडाँडीमा वितण्डा मच्चाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले बेलडाँडी गाँउपालिका १, २ र ५ क्षेत्रमा आतङ्क मच्चाईरहेको छ । हात्तीको बथानले किसानको अन्नबालीदेखि घरबासमा समेत क्षति पु¥याईएको छ ।
काँग्रेस बेलडाँडीका नेता जनक सिह धामीले जंगली हात्तीको बथानले उखु लगायतको अन्नबाली र भौतिक क्षति पु¥याईएको बताए । उनका अनुसार गयराती दोकट्टाका जयमती कुँवर, बल ओखेडा, धनमती ओखेढा, धन बहादुर कुँवरको घर भत्काउनुका साथै हात्ती धपाउने क्रममा स्थानीय घाईते भएका छन । ‘हात्तीले बेलडाँडी क्षेत्रमा नियमित क्षति पु¥याईएको छ, ‘उनले भने, ‘नियन्त्रणका लागि समयमै सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’

ताजा समाचार