विद्यालयको ताला तोडी चोरी गर्ने तिन जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर प्रहरीले विद्यालयको कक्षा कोठाको ताला तोडी विद्यालयमा भएका विभिन्न समान चोरी गर्ने तिन जनालाई प्रकाउ गरेको छ । भीमदत्त नगरपालिका १३ बडैपुरमा रहेको शिद्धनाथ माध्यमिक विद्यालयको यही मंसिर १४ गते कार्यालय प्रमुख र कम्प्युटर कोठाको ताला तोडी कार्यालय कक्षमा रहेको ल्यापटप, प्रोजेक्टर, मनिटर, सिपियु, सिसि क्यामरा डिभाईस, दुई थान किर्बोट, लगायत विभिन्न समान चोरी भएको थियो ।

विहीबार १६ गते भीनपा १३, पिपरीयाबाट चोरीको समान सहित वर्ष २०का मोहित ठगुन्ना, महेन्द्र बि.क र सुभम भट्ट पक्राउ परेका छन् । मोहित ठगुन्ना र महेन्द्र बि.कले यो भन्दा अगाडी पनि फौजदारी अभियोगमा सजाय भोगिसकेका छन् । तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार