माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा शाह


कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेलडाँडिको अध्यक्षमा डम्मर बहादुर शाह चयन भएका छन् ।

बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशन बाट शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी बिस्तार गरिएको छ। उपाध्यक्षमा सुगन्ध सेटी, जनक राज गिरि, सुगन्धराज सोती ,प्रकाश खत्री ,सचीवमा चेत बहादुर शाह ,सहसचिव कर्मु राना र कोषाध्यक्षमा जुना मिजार चयन भएका छन् ।No description available.

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व खानेपानी मन्त्री बिना मगरले सम्मेलनको उद्धघाटन गरेकी थिइन् । May be an image of 5 people and people standingप्रमुख अतिथि समेत रहेकी माओवादी नेतृ मगरले नवनिर्वाचित कमिटीलाई बधाई दिदै जनपक्षीय काममा खट्न निर्देश दिनु भयो। साथै नवनिर्वाचित कमिटी लाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।May be an image of one or more people, people standing and outdoors

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् प्रदेश सभा सदस्य महेश दत्त जोशी,संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट, माओवादी केन्द्रका नेता मोहन गिरि,दिपक तिमिल्सेना, करन चौधरी, बेलडाँडी गाउँपालिका सह-इन्चार्ज कल्पना गिरी, ईश्वरि दत्त भट्ट, नन्द किशोर एस.के, रमा भण्डारी, वाइसीएल इन्चार्ज अर्जुन साउँद लगायतको उपस्थिति रहेको थियो। अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले कार्यक्रमको संचालन गरेका थिए। प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न दल त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छ्न्।May be an image of 10 people and people standingMay be an image of one or more people, people standing and outdoors


ताजा समाचार

spot_img