डडेल्धुरा : आलिताल गाउँपालिका-१ कटालस्थित सडकमा से.२ त २४३१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने ५० वर्षीय टेक बहादुर पातलीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







