दोधारा । बडवाल टोल ‘हात्ती पिडित क्षेत्र’ का रुपमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ लाई चिनिन्छ् । पछिल्लो समय आएर थप दोधारा चाँदनी नगरपालिकाको बडवाल टोलमा हात्तीको उपद्रो बढ्दो छ् । रातीको समयमा नेपाल–भारत सिमा क्षेत्रमा रहेको भारतिय जंगलबाट बस्ती भित्रिदै आएको जंगली हात्तीले स्थानियहरुलाई हैरान पारेको छ् । यो बडवाल टोलको समस्या अहिलेको मात्र हैन् । बिगत लामो समय देखि बडवाल टोलका स्थानियहरु जंगली हात्तीको आतंकबाट आजित भएका छन् । बडवाल टोलबासीहरुले जंगली हात्तीको त्रासद्धिको कारण रातीको समयमा राम्रो संग सुत्न समेत पाउदैनन् । बिगतका दिनहरुमा हात्तीले स्थानियहरुको घर भत्काए संग उनिहरुमा थप त्रास उब्जीएको हो । बिशेषत : खेतमा बाली भएको समयमा रातभरी बालीनाली खाने गर्छ भने खेतमा बाली नभएको अवस्थामा हात्तीले स्थानियहरुको घरमा भएको र रासनपानी खान आउदा घर भत्काउने गरेको स्थानियहरुले बताउदै आएका छन् । हात्तीको आतंकको डरले रातभरी घर नजिक बिद्युत बत्ती बाल्नु पर्ने भएको छ् । मानिसहरुलाई देख्न साथ खेद्न आउने हात्तीको बथानले बडवाल टोलका किसानहरुलाई हैरानै पारेको छ् । ‘वर्षदिनको लगाी लगाएको अन्नवाली एकै रातमा हात्तीले सखाफ पारिदिन्छ्’ गोल्मा सुतारले भने– ‘राती कतिबेला आएर हात्तीले कस्को ज्यान लिने हो भन्ने थाहै छैन् ।’ वर्ष दिनको खेती रातीको समयमा आएर एक क्षणमा नष्ट गरिदिएपछि आफुहरुलाई निकै पिडामा भएको उनले बताए । ‘ भरखरै उम्रेको गहुँवाली रातीको समयमा हात्तीले नष्ट गर्दा निकै पिडा भएको छ्’ आशा राना भन्छन् । मध्यरातमा जंगली हात्ती बस्तीमा पसेपछि स्थानियहरुमा ज्यान बचाउन भागा–भाग हुने गरेको उनिहरु बताउछन् । बिगतका दिनहरु देखि हात्तीले अन्नपात संग घर भत्काउदा समेत सरकार पक्षले नियन्त्रणको लागी सदा निरही बन्दै आएको स्थानियबासीको गुनासो रहदै आएका छ् । अहिले आएर फेरी बडवाल टोलमा हात्तीले बस्तीमा निकै आतंक मच्चाउन थालेको छ् । हुल बाँधेर आउने हात्तीले मानिस देख्ने बित्तिकै आक्रमण गर्न आउने स्थानियबासी लक्ष्मी रानाले बताएका छन् । ‘रातीको समयमा हात्तीको आक्रमणमा परिने हो कि, भन्ने सदा त्रास छ्’ लक्ष्मी रानाले भनिन् । हात्तीको हुल समसाँझै बस्तीमा पसेर आतंक मच्चाउन थालेपछि स्थानियहरु राती भरी हात्ती धपाउनमै रात बिताउदै आएका छन् । ‘समसाँझ खेतमा पसेको हात्तीको बथान धपाउन जाँदा मानिस देख्ने बित्तिकै आक्रमण आउछ्, हात्ती धपाउनमै रात बित्न थाल्यो’ स्थानिय लक्ष्मी रानाले भनिन् । हात्तीले मानिस देख्न बित्तिकै खेद्न आउन थालेपछि मानविय क्षती हुनसक्ने त्रास स्थानियहरुले बताएका छन् । जय किसन बाम, आशा राना, लक्ष्मी राना, कलवती चन्द, गोल्मा सुतार, दिपक साँउद गरि एक दर्जन भन्दा बढी किसानको भरखरै उम्ैको गहुँ वाली नष्ट गरेको बताईएको छ् । ‘रातभरी जंगली हात्तीले बस्तीमा उपद्रो मच्चाउदा ज्यान जोगाउन रातभरी भागाभाग हुन्छ, सरकारले कुनै प्रकारको सहयोग छैन्’ अर्का स्थानिय आशा रानाले भने । बडवाल टोलमा झण्डै ३ सय भन्दा बढी घरपरिवार रहेको जंगली हात्तीबाट आतंकित छन् । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्र संग गाँसिएको बडवालबासी रातीको समयमा हात्तीबाट ज्यान जोगाउन जाग्रम बस्ने गर्दछन् ।







