दोधारा चाँदनीमा निड्स नेपालको डल तथा कुशन तालिम समापन

दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक हप्ते डल तथा कुशन तालिम आज सम्पन भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ सृजना आधारभुत बिद्यालयको एक कक्षमा संचालित कार्यक्रमको बिच एक हप्ते डल तथा कुसन तालिम सम्पन्न भएको हो । निड्स नेपाल कञ्चनपुर र अक्सफम नेपालको सहयोगमा उक्त तालिम सम्पन्न भएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् । निड्स नेपाल र अक्सफाम नेपालको साँझेदारीमा प्रतिकार्य तथा पुर्नलाभको लागी समुदायको सबलिकरण परियोजना अन्तर्गत लघुउद्यम बिकासको लागी एक हप्ते डल तथा कुशन तालिम संचालन गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले जानकारी दिएका छन् ।

समुदाय स्तरमा बिपद् ब्यवस्थापन समिति मार्फत छनौट गरिएको ५ जनालाई तालिममा सहभागी गराईएको थियो । एक हप्ते डल तथा कुशन तालिम समापन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अध्यक्ष अञ्जु जोशी भट्ट, निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्, दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषिराम थापा क्षेत्री लगाएत तालिमका सहभागी, प्रशिक्षकको उपस्थिती रहेको थियो । विपन्न, बाढी पिडित तथा पिछडिएको महिला तथा किशोरीहरु लक्षित गरि सीपमुलक तालिम सञ्चालनमा ल्याइएको कार्यक्रममा बताईएको छ् । समापन कार्यक्रममा तालिमका सहभागीलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

ताजा समाचार