कञ्चनपुर,
कञ्चनपुरमा आउँदो शुक्रबारदेखि मतदाता नामावली सकंलन हुने भएका छन । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले १७मंसिरदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुरुप मतदाता नामावली संकलन हुने छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आयोजित कार्यक्रममा निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले सात पालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिने बताए ।

उनका अनुसार १७ मंसिरदेखि दोधारा, बेदकोट, बेलौरी, कृष्णपुरमा पहिलो चरण र शुक्लाफाँटा, लालझाँडी, बेलडाँडीमा ४ पुषदेखि हुनेछ ।







