दोधारा चाँदनीका बाढी पिडितलाई निड्स नेपालद्धारा खाद्यान्न

दोधारा : दोधारा चाँदनी नगरपालिकाका बाढीपडितहरुलाई निड्स नेपाल कञ्चनपुरले खाद्यान्न भौचर बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ र १० मा बाढीको कारण स्थानियहरुलाई अभाव श्रजना भएको कारण उनिहरुलाई भौचर मार्फत खाद्यान्न बितरण कार्य अघि बढाएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् ।No description available.

दोधारा चाँदनी नगरपालिकाका वडा नं. ८ को सुन्दरनगर, वडा नं. १० को कुतियावकर, अठार नम्वर पिल्लर बस्ती, गुरुङ्ग टोल गरि ६० घरपरिवार बाढीपिडितहरुलाई रु. ९ हजार ४ सय ४० रकम बराबरको खाद्यान्न भौचर बितरण गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यक्र संयोजक ईश्वर उपाध्याय्ले जानकारी दिएका छन् । झण्डै एक महिना अघि अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिकाका १ हजार अस्सी घरपरिवार बेघर भएका थिए । बाढीको कारण लाखौको धानमाल क्षती भएको हो ।No description available.

दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को प्रधान टोल, शान्ती टोल, कुतियाकवर बस्ती, अठार नम्वर पिल्लर बस्ती, निशानी टोल, प्रतिभा टोल बैतिफाँटा, सुर्खेती टोल लगाएत टोलहरुमा बाढीले बढी क्षती पुऱ्याएको थियो । उनिहरुको खेतमा भएको अन्नपात संगै घरमा भएको खाद्यान्न , लत्ताकपडा बाढीले क्षती बनाएपछि खाद्यान्नको चरम समस्यामा गुज्रीरहेको अवस्थामा निड्स नेपाल कञ्चनपुरले खाद्यान्न भौचर बितरण गरेपछि बाढीपिडितहरु खुशी भएका छन् ।No description available.

केयर नेपाल, प्लान ईन्टरनेशनल, निड्स नेपाल कञ्चनपुरको सहयोगमा बाढी प्रभावितहरुलाई आपतकालिन सामग्री बितरण गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताएका छन् । बाढी पिडितहरुलाई प्राप्त भौचरले चामल, मिक्स दाल, मसुरो, चिनी, चियापत्ती, तोरीको तेल, गहुँको पिठो, नुन, चना, अण्डा, रातो आलु, रातो खुर्सानी, बेसार लगाएत सामाग्री लिन पाउने ब्यवस्था गरिएको छ् ।No description available.

आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत बाढीपिडितहरुलाई भौचर बितरण गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा आज एक कार्यक्रमको बिच बाढीपिडितहरुलाई खाद्यान्न भौचर बितरण कार्य सम्पन्न गरेको हो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु जोशी भट्ट, निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियकवर) का सई दान सिंह बिष्ट लगाएत बाढीपिडितहरुको बाक्लो उपस्थिती रहेको थियो । समस्यामा परिरहेको अवस्थामा खाद्यान्न सहयोग गरिदिएकोमा केयर नेपाल, प्लान ईन्टरनेशनल, निड्स नेपाल कञ्चनपुरलाई स्थानियहरुले बिशेष धन्यबाद दिएका छन् ।

स्थानियबासी मोतीराम सुनारले पिडाको बेला निड्स नेपालले बिभिन्न दाताहरु संग समन्वय र सहकार्य गरि पिडाको बेला सहयोग गरि बाढीपिडतहरुलाई बिहान र साँझ के खाने भन्ने समस्यामा परिरहेको अवस्थामा खाद्यान्न सहयोग गरि बाढीपिडितहरुलाई ठुलो गुन लगाएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बिगत लामो समय देखि दोधारा चाँदनी नगर क्षेत्रमा निड्स नेपाल कञ्चनपुरले बिभिन्न माध्यमबाट स्थानियहरुको जिवन स्तर उकास्न सघाउदै आएको बताउदै पिडामा रहेका बाढीपिडितहरुलाई खाद्यान्न सहयोग गरेकोमा दोधारा चाँदनी नगरपालिकाको तर्फ देखि धन्यबाद दिएका छन् ।

निड्स नेपाल कञ्चनपुरले बाढीले क्षतबिक्षत बनाएको दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० को प्रधान टोल, शान्ती टोल, कुतियाकवर बस्ती, अठार नम्वर पिल्लर बस्ती, निशानी टोल, प्रतिभा टोल बैतिफाँटा, सुर्खेती टोल लगाएत टोलमा केही दिन अघि पनि राम्रो सहयोग गर्दै आएको भन्दै स्थानियहरुले निड्स नेपाल कञ्चनपुरलाई प्रशंसा गरेका थिए ।No description available.No description available.

ताजा समाचार