अपाङ्गता आरक्षण बाट एनपी पक्षका साउद प्रदेश र रमेश पक्षका खडायत महाधिवेशन जिते


कञ्चनपुर,
नेपाली काँग्रेस जिल्ला कोटाबाट प्रदेश प्रतिनिधी र महाधिवेशन प्रतिनिधीको मत गणना सकिएको छ ।
अपाङ्गता तर्फ प्रदेश प्रतिनिधीमा रतन सिह साउद र महाधिवेशन प्रतिनिधीमा उपेन्द्र खडायत निर्वाचित भएका छन ।
प्रदेश प्रतिनिधी साउदले आफ्ना निकतटम प्रतिद्वन्दी भीम बहादुर खडायतलाई २ सय ३१ मतको अन्तरले हराउँदै प्रदेश प्रतिनिधीमा निर्वाचित भएका छन । साउदले ७ सय २८ र खडायतले ४ सय ९७ मत ल्याएका थिए ।
महाधिवेशन प्रतिनिधीमा उपेन्द्र खडायतले आफ्ना निकटतम प्रतिद्वन्दी विष्णू भट्टलाई ४४मतको अन्तरले हराउँदै महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन । खडायतले ७ सय १० र भट्टले ६ सय ६६ मत ल्याएका थिए । प्रदेश प्रतिनिधी साउद एनपी साउद र महाधिवेशन प्रतिनिधी खडायत रमेश पक्षको प्यानलबाट चुनावी लडेका थिए । जिल्ला कार्य समितिसंगै प्रदेश र महाधिवेशन अपाङ्गताको निर्वाचन भएको थियो ।

ताजा समाचार

spot_img