दोधारा चाँदनीमा माओबादी केन्द्रले दियो वडा सम्मेलनमा तिब्रता

दोधारा । नेकपा माओवादी केन्द्रको राष्ट्रिय अधिवेशनको लागी दोधारा चाँदनीमा वडा सम्मेलनमा तिब्रता आएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ वडामा वडा सम्मेलन मार्फत वडामा नयाँ नेतृत्व चयन हुदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ मा नरी लुहार, वडा नं. २ मा जानकी दमाई, वडा नं. ४ मा रोशन घटाल, वडा नं. ६ मा भिम बहादुर सुनार, वडा नं. ७ मा वीर बहादुर सुनार, वडा नं. ८ मा नन्द बहादुर सुनार, वडा नं. १० मा काशिराम सुनारले वडामा जिम्मा पाएका छन् । उनिहरु सबै अध्यक्ष पदमा निर्विरोध चयन भएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले जानकारी दिएका छन् । प्रत्येक वडामा २९ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेकपा माओबादी केन्द्रले संचालन गरेको वडा सम्मेलन मार्फत वडा कमिटि चयनमा स्थानियहरुको उल्लेखनिय सहभागी रहेको नेकपा माओबदी केन्द्र दोधारा चाँदनीका नगर सचिव भिम कुमालले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा आउदो ११ गते नेकपा माओबादी केन्द्रको नगर सम्मेलन मार्फत नयाँ नेतृत्वको चयन गर्ने भनिएपनि नगर सम्मेलन केही दिन पर सर्ने भएको संकेत देखा परेको छ् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटिमा नयाँ नेतृत्वको चयनको लागी आकांक्षीहरु देखा पर्न थालेका छन् । यसै क्रममा आज दोधारा चाँदनी नगरपालिका वडा नं. ३ र ९ मा भब्यताको साथ वडा सम्मेलन सम्पन्न गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनी नगर कमिटि सदस्य भक्त बहादुर सुनारले जनाएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को प्रथम वडा सम्मेलन बाट शंकर सुनार अध्यक्ष पदमा चय भएका छन् । उपाध्यक्षमा बिन्दु साँउद उपाध्यक्षमा, रमेश सुनार सचिव, राजु सुनार सहसचिव तथा बेलु भण्डारी कोषाध्यक्षाको नेतृत्वमा २९ जनाको वडा समिति गठन सर्वसम्मत चयन भएका छन् । नेकपा माओबादी केन्द्र दोधारा चाँदनी वडा नं. ९ मा विक्रम ओलीले वडा कमिटि अध्यक्ष चयन भएका छन् । यस्तै उपाध्यक्षमा नारायणी पौड्यौल, शेर बहादुर थापा सचिव, मनोज राई सहसचिव तथा विशाल खड्का कोषाध्यक्ष गरि २९ सदस्यीय नेकपा माओबादी नगर वडा कमिटि निर्विरोध चयन भएका छन् । चयन भएका सबै वडा कमिटि पदाधिकारीहरुलाई अबिर माला लगाएर स्वागत सहित कार्यकालको शुभकामना दिईएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले जनाएको छ् ।

ताजा समाचार