कञ्चनपुर: भीनपा १८ जानकीटोलमा स्थित सबैको बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । वि.सं. २०६६ साल मंषिर ८ गते देखि संचालन मा आएको उक्त संस्थाको आज स्थापना दिवस पनि हो ।

बुधबार (आज) संचालित उक्त सभा संस्थाको संचालक समिति अध्यक्ष गोविन्द बहादुर स्वारको अध्यक्षतामा संचालन भएको थियो । भीनपा सहकारी विभाग प्रमुख विमला भाटको प्रमुख आतिथ्यमा संचालक समिति सदस्यहरु, शेयर सदस्यहरुका साथै कर्मचारी परिवारको उपस्थिति रहेको थियो । सो सभामा संस्थाको आव. २०७७/०७८को प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष गोबिन्द बहादुर स्वार आर्थिक प्रतिवेदन कोषाध्यक्ष रविन्द्र के.सी. आ.व. ०७८/०७९ को अनुमानित आय व्यय विवरण सचिव दीपक कुँवरले वाचन गर्नु भएको थियो । सो सभामा प्रस्तुत विविध विषय उपर छलफल र आ.व.०७७/०७८ को प्रस्तुत विभिन्न विषय प्रस्तावलाई सभाले स्वीकृत प्रदान गरेको छ ।

सो सभालाई प्रमुख अतिथि विमला भाटले सम्बोधन गर्दै सफलताको शुभकामना साथै संस्थालाई निरन्तर आवश्यक सहयोग रहने विश्वास दिलाउनु भयो । संस्थाकी उपाध्यक्ष कमला पाण्डेयले स्वागत मनतव्य दिनु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव दीपक कुवरले गर्नु भएको थियो । कर्यक्रमको अन्तमा अध्यक्ष स्वारले आगामी दिनमा संस्थाले आफ्ना सदस्यहरु लाई अझ बढी सेवा प्रदान गर्ने प्रयत्न रहनेछ भन्दै कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्ने सबैलाई हार्दिक धन्यावाद दिदै उक्त सभा समाप्त भएको घोषणा गर्नु भएको थियो ।







